मकवानपुर । माइती नेपाल मकवानपुरले सन् २०२२ मा सञ्चालन गरेको मानव बेचविखन रोकथाम परियोजना सम्पन्न गरिएको छ । आगामी वर्षमा पनि यो परियोजनालाई निरन्तरता दिन स्वीकृती प्रदान गरिएको छ ।
बेचविखनमा परेका वा बेचविखनको जोखिममा रहेका, विद्यालय छाडेर बसेका वा छाड्ने अवस्थाका जवरजस्ती श्रम गर्न बाध्य तथा यौन हिंसा र दुव्र्यवहारमा परेका महिला, किशोरीहरुलाई उद्धार गरी आवधिक सेल्टरको सहयोग तथा सिपमुलक कार्यक्रम तालिम प्रदान गर्दै आएको कार्यक्रम समापन गरिएको छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिकामा परियोजनको एनप्याक कार्यक्रम गरिएको छ । कार्यक्रममा नगरपरियोजना परामर्श समिति सदस्य सचिव भीमप्रसाद तिमल्सेनाले चालु आर्थिक वर्षमा पनि यो परियोजनालाई निरन्तरताको लागि स्वीकृति प्रदान गरिने जानकारी गराए ।
लक्ष्यित वर्गका महिला, किशोरीहरुलाई उनीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्दै सबै खाले हिंसाको बिरुद्धमा महिला अभियानकर्ताको रुपमा स्थापित हुन परीयोजना सञ्चालनको क्रममा सहयोग गरेको कार्यक्रम संयोजक माया तामाङले बताइन् ।
कार्यक्रम अन्तरगत विद्यालय तहमा मानव बेचविखन, जवरजस्ती श्रम, यौन हिंसा, दुव्र्यवहार र बालमैत्री वातारण सिर्जना गर्न अभिमुखिकरण, सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।
परियोजनाको लागि २०७८ फाल्गुण १६ गते माइती नेपाल रोकथाम गृह मकवानपुरको आयोजनामा मानव बेचविखन रोकथाम परियोजना २०२२ संचालनको पूर्व स्वीकृति योजनाबोरमा नगरपालिका स्तरीय परामर्श समितिको बैठक बसी छलफल गरेपछि परियोजनालाई नगरभित्र सञ्चालनको लागि स्वीकृत दिइएको थियो ।
माईती नेपाल रोकथाम गृह मकवानपुरले मानव बेचविखन, यौन हिंसा, आर्थिक अवस्था कमजोर भएका, शिक्षालाई निरन्तर दिन नसकेका तथा बेचविखनबात फर्किएका विषेश गरी किशोरी र महिलाहरुको आवसिय र आयमुलक तालिम प्रदान गरी जीवनपयोगी सिप प्रदान गर्दै आएको छ ।
यसैगरी सिप र तालिमसँगै जनचेतनामुलक कार्यक्रमहरु, बेचविखनमा परेकाहरुको उद्धार तथा रोकथाम गृहमा छोटो समयको लागी आवासको व्यावस्था गर्दै आएको छ । संस्थाले विदेशमा अलपत्र परेकाहरुलाई नेपाल सरकारको समन्वयमा उद्धारमा सहयोग गरिरहेको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङ बताइन् ।
माइती नेपालले लैंगिक समानता सामाजिक समावेशिकरण नीति बिषयक अन्तरक्रिया कार्यक्रम, दिवसिय कार्यक्रम अन्तरगत प्रभातफेरी तथा कोणसभा कार्यक्रम, सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरु, सचेतनाको लागि घरदैलो कार्यक्र सम्पन्न गरेको तामाङले बताइन् । यसबाट लक्ष्यित वर्गमा लाभ पुगेको उनले बताइन् ।
यसैगरी मानव बेचविखन तथा ओसारपसार विरुद्ध विद्यालय स्तरिय अभिमुखिकरण कार्यक्रम, शैक्षिक भ्रमण, सिलाइ सिपमुलक तालिम प्रदान गरेर यस वर्ष ३९ जनालाई सिप प्रदान गरेको सहजकर्ता मन लामाले बताइन् । मानव बेचविखन तथा ओसारपसार विरुद्ध यातायात व्यवसायी तथा होटेल व्यवसायी विच अन्तरक्रिया कार्यक्रम, आन्तरिक मानव बेचविखन तथा व्यवसायिक यौन शोषण विरुद्ध होटल अनुगमन गरिएको सहजकर्ता लामाले बताइन् ।
जसबाट यसवर्ष तालिम प्राप्त किशोरीहरु मध्ये ८ जनाले सिलाई व्यवसाय संचालन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय, अन्य संघ‐संस्था,सेफ हाउस, ओसिएमसीबाट संरक्षणको लागी यस गृहमा पठाएका १५ जना मध्ये १४ जनालाई पारिवारिक पुनरमिलन गराएको लामाले बताइन् ।
घरेलु हिंसा तथा लैंगिक हिंसाको १५५ वटा निवेदन परेकोमा ३२ वटामा मिलापत्र गरिएको र अन्यलाई सम्बन्धित निकायमा रिफर गरिएको उनले बताइन् । जवरजस्ती करणी, यौन दुव्र्यवहार, जबरजस्तीकरणीको उद्योग गरी ३४ वटा मुद्धा जिल्ला प्रहरी कार्यालयको समन्वयमा मुद्धा दर्ता गर्न सफल भएको तामाङले बताइन् ।
मंगलबार सम्पन्न एनप्याक कार्यक्रममा उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक रामकृष्ण कोइराला, नगरपरियोजना परामर्श समिति सदस्य सचिव भीमप्रसाद तिमल्सेनालगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
संस्थाले सम्पन्न गरेको कार्यक्रमको केही तस्बिरहरुः




