मकवानपुर । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेका कारण मकवानपुर सहित देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।
जल तथा मौसम बिभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।
सोमबार बेलुका ५ बजेबाट मकवानपुर लगायतका जिल्लामा सुरु भएको बर्षा हाल सामान्य हुँदै गएको महाशाखाले जनाएको छ ।
आज मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
अबको केही दिन हल्का देखि मध्यम बर्षा देशै भर हुने समेत महाशाखाको पूर्वानुमान रहेको छ ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग,हावा-हुरी,असिना सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

