मकवानपुर । हेटौंडामा भएको दुर्घटनामा २ जनाको मृत्युु भएको छ । अर्को एक जना गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
हेटौंडा – सिन्धुली सडकखण्डअन्तर्गत हेटौंडा–१७, हटिया कठायतचोकमा आज बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ जना पुगेको छ । दुइजना घाइतेको उपचार भइ रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुँदा घाइते भएको बा. प्र ०३–०५ प ७११ नम्बरको स्कुटर चालक नुवाकोट जिल्लाको ककनी नगरपालिका–४ घर भई हाल बागमती गाउँपालिकाको जीना लामा र हेटौंडा–१८, भालुखोलाका १८ बर्षीय किशोर अर्जुन भोम्जनको मृत्यु भएको हो ।
लामाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो २ मृत्यु भएको हो । दुर्घटना हुँदा घाइते भएका हेटौंडा–१८, भालुखोलाका १८ बर्षीय भोम्जनको भने हेटौंडा अस्पतालमा उपचारको क्रममा ११ बजे मै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरकी ललिता मगरको चितवनको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ ।
अर्का घाइते मोटरसाइकलमा सवार हेटौंडा–१८, भालुखोलाका दीपक घलानको हेटौंडा सहकारी अस्पतामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर आफसमा ठोक्किएर दुर्घटना भएको थियो ।

