मकवानपुर । मंसिर ४ गते भएको प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवार रहेका कमल थापाले मतगणना बाकी नै हुदा हार स्वीकार गरेका छन् ।
मकवानपुर क्षेत्र नंबर १ बाट बाम लोकतान्त्रीक गठबन्धनका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले कत गणना नसकिदै हार स्विकार गरेका छन् ।

उनले सामाजिक संजालमा हार स्वीकार गर्दै स्टाटस लेखेका छन् । यहाँ अझै करिब १६ हजार ६९४ मत गणना हुँन बाँकी रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा न ५, ९,१० र १२ को मत गन्नेकाम भैरहदा थापाले आफूले हार्ने पुर्वानुमान सहित स्टाटस लेखेका हुन् । यो भुगोलबाट गत स्थानीय तहको निर्वाचनमा राप्रपाले राम्रो मत ल्याएको थियो । यसैले पनि यहाँ आफूले पाउने मत काटिन सक्ने उनले बताए ।
अहिले पनि हेटौँडा बजार क्षेत्रमा मतगणना सुरु भएपछि राप्रपाका दिपकबहादुर सिंहले अप्रत्यासित मतभार बढाउँदै ल्याएका छन् । सिंहको मत बढेपछि आफ्नो मत काटिने र गठबन्धनको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई सहज हुने उनको अनुमान छ ।
पछिल्लो नतिजा अनुसार डिनाले २२ हजार ५८३ थापाले २१ हजार ४७२ र सिंहले २१ हजार १५९ मत ल्याएका छन् । यो क्षेत्रमा कुल ९१ हजार ४८६ मत खसेकोमा हालसम्म ७४ हजार ७९२ मत गनिएको छ ।

