मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा माओवादीले जित हासिल गरेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी एमालेका कमल विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
युवा नेता पुलामीले ४ हजार २८७ मत मतान्तरमा नेकपा एमालेका उम्मेदवार कमल विष्टलाई पराजित गरेका हुन् । पुलामीले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ४३३ मत प्राप्त गरेका थिए ।
पुलामी यसअघि पनि बागमती प्रदेश सभाका सदस्य हुन् । कुल ४६ हजार २३० मत खसेको मकवानपुर १ को १ मा १ हजार ६६३ मत बदर भएको थियो ।

