मकवानपुर । प्रतिनिधि सभा सदस्यतर्फको मत गणना हुदैं गर्दा मकवानपुरमा राप्रपा अघि लागेको छ ।
यस अघि तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह हेटौंडा बजार क्षेत्रको मत गणना थालेपछि आफूलाई ह्वात्तै अघि बढाउन सफल भएका छन् । दोस्रोको लागि प्रतिष्पर्धामा रहेको सिंहले १८ मतले लिड गर्दै पहिलो स्थानमा आएका छन् । उनले हालसम्मको अपडेटमा २३ हजार ३५८ मत पाएका छन् ।
यस अघि पहिलो स्थानमा रहेकी नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिना १८ मतले पछि परेकी छिन् । उनले २३ हजार ३४० मत पाएकी छिन् भने एमालेका उम्मेदवार कमल थापाले २२ हजार ६५८ मत पाएका छन् ।
यो क्षेत्रमा अब गन्न बाँकी मत ११ हजार ७३१ रहेको छ । हालसम्म ७९ हजार ७५५ मत गनिएको छ


