मकवानपुर । सिमान्तकृत समुदायका लागि शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत मकवानपुरको विभिन्न ४ वटा विद्यालयका सयजना विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको छ ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोग तथा हिमराइट्स मकवानपुरको आयोजनामा विद्यालयहरुमा निरन्तर शैक्षिक छात्रावृत्ति सहयोग गर्दै आइरहेको बालबालिकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
मा खाद्यान्न वितरण गरिएको हो । प्रजा आधारभुत विद्यालय हाडिखोलामा आयोजना गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर थिङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर सूनारले पौष्टिक युक्त खाद्यान्नले विद्यार्थीलाई मानसिक विकासमा समेत टेवा पुग्ने बताए ।
कार्यक्रम सिमान्तकृत समुदायका २७ जना विद्यार्थीहरुलाई चामल, दाल, तेल, चिउरा, मसला, नुनलगायतका अत्यावश्यकीय सामग्री वितरण गरिएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइवाले बताइन् ।
यसैगरी संस्थाले सगरमाथा आधारभुत विद्यालयमा पनि खाद्यान्न वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मकरलाल रुम्बाको सभाध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खडका बहादुर मुक्तानज्यूको प्रमूख आतिथ्यतामा २१ जना सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको वाइबाले बताइन् ।
राक्सीराङ्ग गाउंपालिकाका वडा नं ५ स्थित प्रजा जागृति आधारभुत विद्यालयका बालबालिकाहरुलाई पनि खाद्यान्न वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकान्त प्रजाको सभाध्यक्षता तथा वडा नं ५का वडा अध्यक्ष हरिवहादुर प्रजाको प्रमूख आतिथ्यता खाद्यान्न वितरण गरिएको हो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला सचिव बोलबहादुर कार्कीको समेत उपस्थिती रहेको थियो । यहाँ सिमान्तकृत बालबालिकाहरु २७ जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
सूर्योदय माध्यमिक विद्यालय सरिखेतमा विद्यालयका प्रधानाधाध्यापक सिताराम सुबेदीको प्रमूख आतिथ्यतामा २५ जना सिमान्तकृत समुदायका बालबालिकाहरुलाई खाद्यान्न वितरण कार्यक्रम गरिएको हो ।
सिमान्तकृत समुदायका बालबालिकाहरु प्राय गरी चाडपर्वमा खाद्यान्न समस्याका कारण विद्यालय छाडने बाहिर जाने हुनाले त्यस्तो समस्या नहोस साथै विद्यालय निरन्तरताका लागि पनि टेवा पुगोस भन्ने हेतुले चाडपर्वको पूर्व सन्ध्यामा खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले विगत ५ वर्षदेखि नियमित खाद्यन्न सहयाेग गर्दै आएकाे छ ।


