मकवानपुर । मकवानपुर प्रहरीले यात्रुबाहक बसमा हतियार सहितको गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले प्रहरीकाे पर्व लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत चाडपर्वको बेलामा हुन सक्ने घटनालाई रोक्न हतियार सहितकाे गस्ती सुरु गरेकाे हाे ।
मकवानपुर हेटौंडा १० बसपार्कबाट पूर्व पश्चिम रुटमा चल्ने यात्रुबाहक बसहरुमा हतियार सहितको गस्ती सुरु गरेको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट मकवानपुरकाे पश्चिम सिमाना लाेथर र दक्षिण सिमाना चुरियामाई मन्दिरसम्म हतियार सहितकाे गस्ती प्रहरीले गरेकाे ।
प्रहरीले दिवा सेवाको बस जाँच गर्नुका साथै रात्री बसमा हुन सक्ने लुटपाट तथा डकैतलाई मध्ये नजर गरी गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । ‘रात्रिकालीन बसहरुमा हेटौंडाको चुरियामाईदेखि मनहरीको लोथरसम्म हतियार सहित प्रहरी टोलीले गस्ती गर्ने’ जिल्ला प्रहरी प्रमुख वामदेव गौतमले बताए । गस्तिमा रहेका प्रहरीले शंकास्पद गतिविधि गर्ने वब्यक्तिलाई तुरुन्तै नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्ने प्रहरीको भनाई छ ।
लागूऔषध प्रयोग गरेका चालकहरु नियन्त्रणमा
यसै बीच मकवानपुर प्रहरीले लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालक नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा १ तिरतिरे धारास्थित सडक खण्डमा हेटौडा–भिमफेदी–काठमाडौं रुटमा चल्ने बिभिन्न साना तथा ठुला सवारी साधनहरुलाई रोकी चालकहरलाई आकष्मिक जाँच गरेको थियो ।

