मकवानपुर । समाज सुधारको अभियालन लिएर रात्रिकालिन गस्तिमा हिड्ने महिलालाई वडा कार्यालयले सहयोग गरेको छ ।
मकवानपुरको हेटौंडा–९ को पुस्पाञ्जलीआमा समुहलाई वडा कार्यालयले बिभिन्न सामग्री सहयोग गरेको हो । गस्तिमा हिड्ने क्रममा सहयोग पुर्याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राति हिड्न सहज गराउनका लागि ज्याकेट, जुत्ता, टर्च, सिटी सहित सामान्य उपचारका लागि स्वाथ्य सामग्री सहितको बक्स हस्तान्तरण गरेको हो ।
वडा कार्यालयले महिला समुहकाव लागि खरीद गरेको सामग्री हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले महिला समुह अध्यक्ष कल्पना थापा मगर सहित समुहमा आवद्ध रहेका ४० जनालाई हस्तान्तरण गरिन।
महिला समुहले प्रत्यक दिन रात वडा क्षेत्रमा गस्ति गर्ने गरेका छन् । महिला समुहलाई सामग्री हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले समाज सुधारको लागिमहिला समुहले देखिएको तत्पर्ताको प्रशसा गरीन् ।
उनले उपमहानगरका सबै वडाहरुमा यस्तो अभियान चलाउन जरुरी रहेको बताइन् । लामो समयदेखि नियमित र निरन्तर गरेको अभियानले समाज सुधारमा महत्वपुर्ण कामभएको बताइन् । कार्यक्रममा वडा नम्बर ९ काअध्यक्ष सुकराम केसीले आमा समुहको कामले वडामा रात्रीकालिनयात्रामा सहजभएको बताए ।
उनले वडामा रहेको बेतिथीलाई आमा समुहको गस्तिअभियानले रोकेको जानकारी दिए ।

