मकवानपुर । आफ्नो टोल र समुदायमा सामुदायिक कुकुरको कारण रेबिज फैलने त्रासमा हुनुहुन्छ ? रेबिज उन्मुलनको लागि यस्ता कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने अभियानमा पशुस्वास्थ्यकर्मीहरुलाई सहायता गरौं ।
विश्व रेबिज दिवस २०७९ को अवसरमा सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप अभियान हेटौंडामा जारी छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको सहकार्यमा रेबिज सप्ताह कार्यक्रम अन्तरगत कुकुरलाई खोप लगाउने अभियान सुरु गरिएको हो ।

विज्ञकेन्द्रले असोज ६ गतेदखि १२ गतेसम्म यो अभियान जारी राख्ने जनाएको छ । कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका वार्ड नं २, र १० वडामा सामुदायिक रुपमा छाडिएका ५० वटा कुकुरहरुमा रेबिज रोग बिरुद्वको खोप लगाइएको केन्द्रका सहायक स्तर पाँचौ प्रदीप सापकोटालगायतको बताए ।
आफ्नो टोलमा सामुदायिक कुकुरहरु नियन्त्रण्मा लिएर कसैले बोलाएमा हामी त्यहीँ पुगेर कुकुरलाई रेबिज विरुद्ध खोप लाउने छौ” सापकोटाले भने । “खोप लगाएको कुकुरलाई विशेष चिन्ह लगाउँछौ, ताकी त्यो कुकुरले टोकीहालेमा रेबिज विरुद्धको खोप लगाएको कुकुर भनेर ढुक्क हुने अवस्था बनोस्।”
छाडा कुकुरहरुद्धारा रेबिज रोग फैलन सक्ने संभावनालाई मध्य नजर गर्दै यो खोप लगाइएको उनले बताए । ६ गतेबाट सुरु गरिएको अभियान अन्तरगत हालसम्म ११० वटा कुकुरमा रेबिज विरुद्धको खोप लगाइएको छ ।
खोप लगाउने समूहले सामुदायिक कुकुरहरुलाई डग क्याचरको सहयताले नियन्त्रण्मा लिएर खोप रेबिज विरुद्धको खोप लगाउने गरेको सापकोटाले बताए । हामलसम्म हेटौंडाको बसपार्क, हेटौंडा ४ कर्रा, बसस्खण्डी मन्दिर परीसरमा खोप लगाइएको केन्द्रले जनाएको छ । रेजिब रोग उन्मुलन अभियान अन्तरगत यो कार्यक्रम गरीएको हो ।

