लागुऔषध खेती नष्ट गर्ने अभियानमा लागेकाे मकवानपुर प्रहरीले पाैष २ गते जिल्लाकाे राक्सिराङ गाँउपालिका वडा नं. ४ राक्सिराङ र डुमदारमा अबैध रुपमा लगाईएको १४ बिगाहा अफीम र ५ बिगाहा गाँजा खेती फडानी गरी नष्ट गरेकाे छ । प्रहरीले पाैष १ गते राक्सिराङ गाउँपालिका ४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ, रानीघाटमा लगाइएको २० बिगाहा गाँजाखेती र ५ विगाहा अफिम नष्ट गरेको जनाएको छ ।



