हेटौंडा / ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्री भएका राजेन्द्र पाण्डेले मन्त्री भएको ११ औं दिनमा विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा प्रदेशसभाबाट विस्वासको मत लिने अनि मात्रै मन्त्री परिषद् बिस्तार गर्ने तयारी गरेका हुन् । विस्वासको मत लिएपछि अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउने तयारी भएको स्रोतले जनाएको छ । मुख्यमन्त्रीका रुपमा सपथ लिएको एक महिना भित्रमा विस्वासको मत लिने समय भएपनि उनले ११ औं दिनमै विस्वासको मत लिन लागेका हुन् ।
बिस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ । मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।
तिहारलगत्तै सदनबाट विश्वासको मत लिने बित्तिकै प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पुर्याउने तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुटेको बताईएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास लागेका हुन् ।
माओवादी र कांग्रेसले चार, चार मन्त्रालय र एक, एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि सपथ ग्रहणलगत्तै गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गर्ने उद्घोष गरेका थिए ।
In: प्रदेश, मुख्य खबर, राजनीति
Tags: No Comments

