मकवानपुर /बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले सङ तुलना गर्न मिल्ने कुनै पनि पार्टी नभएको बताएका छन् । जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने उनले बताए ।
आज हेटौंडा १५ मा प्रदेश सरकारद्वारा बिनियोजित ठूलो सुकौली सडकको शिलान्यास गर्दै एमाकेका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका सह इन्चार्ज समेत रहेका नेता पौडेलले ३ महिनासम्म सरकार बनाउन नसक्नेले मुलुक बनाउने कल्पना गर्न नसकिने बताए । एमाले सरकारबाट बाहिरीए पनि देशब्यापी रुपमा पार्टी प्रवेशको लहर नरोकिएको उनले बताए। माधब नेपालले पार्टी फुटाएको नभई भरिलो रुखबाट केही सुकेको पात मात्र झरेको टिप्पणी गरे ।
१५ बर्षसम्म पार्टी नेतृत्व गरेपनि हाल माधब नेपाल जस्ता गद्दारलाई जनताले माफ नदिने उनको भनाइ थियो । “माधब नेपालको पार्टीमा केही मान्छे गएको भए पनि फर्किने क्रम जारी छ” उनले भने ।
अहिले ५ वटा पार्टी एकातिर हुँदा समेत एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने उनले बताए । आगामी निर्वाचनमा एकल सरकार बन्ने उनको उद्घोष । विकासका क्रम सरकार बाहिर भएपनी जारी रहने भन्दै एमाले मात्र विकासको सम्बाहक रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशमका पुर्व राज्यमन्त्री जुनेली श्रेष्ठले जनताको साथमा सधै एमाले रहने बताइन् । उनले आएको बजेटलाई सदुपयोग गरेर उत्कृष्ट कार्य गर्न अनुरोध गरिन । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार थिङ को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान, जिल्ला कमिटी सदस्य प्रकाश दाहाल, मेनुका दाहाल, साबिक चुरियामाई गाउँ बिकास समितिका अध्यक्ष इन्द्रमान स्याङ्तान, वडा सदस्यहरु पातलीमाया गोङ्वा, पर्स बहादुर भुजेललगायतको सहभागिता रहेको थियो ।


