मकवानपुर । प्रहरीले अवैध लागूऔषध गाँजाखेती फडानी गरी नष्ट गर्ने अभियानमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा लगाइएको १७ विगाहा १० कठ्ठामा लगाएकाे गाँजा खेती नष्ट गरेको छ ।
गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाैं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा १७ विगाहा १० कठ्ठामा लगाएको गाँजा फडानी गरिएको हो ।
प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलीले ३ दिन लगाएर कैलाश गाउँपालिकाको वडा नम्बर–४ नामटार, डाँडा, कैलाशको वडा नंम्बर–९ जलेस्वर, टिमुरे, खैरेनिटार र कैलाशको वडा नम्बर–१० को घैराङटार स्थितको वडा एरियामा गरी १७ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

