मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता अग्रवाल विजयी भएका छन् । अग्रवाल १ हजार २ सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमार न्यौपानेले १ हजार १ सय ५५ मत प्रात्त गरेका छन् । अध्यक्ष पदका लागि वाणिज्यको १ हाजर ५ सय १५ मत, उद्योगको ७ सय ५३ मत, एशोसियटको १ सय १६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४ सय १५ मत खसेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रको चुनावमा पराजित भएका न्यौपाने पुनः जिल्लामा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनी संघको पूर्व अध्यक्ष समेत रहेका छन् । यस अघि गुप्ता भने वाणिज्य तर्फको उपाध्यक्ष रहेका थिए ।
