मकवानपुर । बागमती प्रदेशको मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्
प्रदेश सभामा उठेको प्रश्नलाई सम्बोधन गर्दै आज मुख्यमन्त्री शाक्यले राजनीतिलाई संस्कारयुक्त कदमको सुरूवात आफूबाट गर्न मार्ग प्रसस्त गरेको बताइन् । शाक्यले प्रदेशसभा सचिवालयमा विस्वासको मत नपाउने पाक्का भएपछि मत बिभाजनको बाटो रोज्नु भन्दा मार्ग प्रसस्त गर्न राजीनामा दिएको बताइन् ।
प्रदेशसभामा पाँचदलिय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजिनामा दिएको शाक्यले बताइन् । अब प्रदेशमा एकीकृत समाजबादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुने भएको छ । उनको पाटीसंगै नेपाली काँग्रेस नेकपा माओबादी लगायतका दलको सहभागितामा बागमती प्रदेश सरकार गठन हुन लागेको हो ।
शाक्यको विश्वासको प्रस्तावमा आज प्रदेशसभामा मतविभाजन गरिने कार्यतालिका थियो । प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भएको भए पनि शाक्यले नयाँ सरकार गठन गर्नका लागि बाटो खोलीदिएकि हुन् ।
शाक्यले विश्वासको मतको लागि ४ कात्तिकमा सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए।
प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् । विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।
त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । विश्वासको मतमा नपुग्ने भएपछी नयाँ सरकार गठनका लागि सहज पार्न पनि राजिनामा दिएको शाक्यले बताइन्।
विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । बागमती प्रदेशमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ ।
शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नु भएको थियो । बागमती प्रदेशको प्रदेश सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

