सिक्किम भारतमा बसेर साहित्यमा कलम चलाउने साहित्यकार गीताश्री शर्माको पहिलाे कृति मुक्तकसङ्ग्रह ‘मुक्ता’ काेराेना महामारीकै समयमा विमाेचन भएकाे हाे । काेराेनाकाे कारण औपचारिक कार्यक्रम नगरी विमाेचन गरिएकाे हाे । काेराेना महामारीकाे असर केही कम भएपछी मेराे लागि माया गरेर १ प्रति पुस्तक पठाइ दिनु भएकाे थियाे । मुक्तालाई अध्ययन गर्दा केही लेख्न मन लाग्याे र पुस्तक प्राप्तीकाे महिनाै पछी पाठककाे आँखाबाट पढ्दा जस्ताे बुझियाे त्यसैकाे आधारमा साहित्यलाई माया गर्ने साहित्यप्रेमी भएकाे नाताले आफ्नाे विचार व्यक्त मात्र गर्न खाेजेकाे छु ।
लिङमाे दक्षिण सिक्किम भारतमा वि.सं. २०३० साल फागुन १८ गते जन्मनु भएका गीताश्री शर्माकाे वास्तविक नाम गीता शर्मा उपाध्याय नेउपाने हाे । लेखन सम्पादन र प्रकाशन कार्य जनपक्ष प्रकाशन संस्थासँग आवद्ध रहेका उनकाे सम्पादनमा अमृतवाणी र विश्व प्रशिद्ध व्यक्तिहरुकाे महान वाणीहरुकाे संकलन तथा विद्यालय तहका पाठ्यपुस्तक प्रकाशित छन् ।
मुक्ता १ सय २८ पृष्ठको छ । भूमिका समेत अन्य २२ पृष्ठका छन् । १ सय ६ पृष्ठभित्र ३ सय १८ वटा मुक्तक सजिएका छन् । आफ्नै प्रकाशनगृह, जनपक्ष प्रकाशन गान्तोक र सिस्टमेटिक डिजाइनर्स एण्ड प्रिन्टर्स सिलगढी भारतमा मुद्रित रहेकाे छ यो पुस्तक । भूमिकाले यसकाे वजन बढाएको छ ।
मुक्तक शृङ्गारिक, प्राकृतिक, पारिवारिक राजनीतिक लगायतका विषयहरुमा लेखिएका पाइन्छ । सुरुमा प्रेमसँग जाेडिएकाे शृङ्गारिक मुक्तककाे बारेमा लेख्ने जमर्काे गरे । मुक्तामा रचनाकारकाे मन नव याैवनाकाे रूपमा प्रस्तुत भएका छन् । मानव मन हाे कहिले बालक कहिले याैवन त कहिले वयस्क र कहिले बृद्ध जस्ताे वयली खेल्दैन भन्न सकिन्न । कतिपय हेरेरे देखेर भाेगेर र कल्पनामा वगेर पनि सृजना प्रष्फुटित भएका हुन्छन् ।
तिमी धुँवा बनेर हावामा आइदेउ
मैले सास फेर्दा तिमी गीत गाइदेउ
हास्दै रमाउँदै बाँचाैला मिलीजुली
मिठाे सुवास छरेर संसारमा छाइदेउ ।
मिलनकाे पदसँगै रमाउन मन छ
जुनी जुनी तिम्रै हात समाउन मन छ
हातेमालाे गरी गरी अघि बढ्नु पर्छ
तिमीलाई धेरै नजिक सजाउन मन छ ।
यस्ता शृङ्गारिक मुक्तक धेरै छन् । भावनामा नबगी, अली रसिक मन नबनाइ साहित्यकाे कुनै बिधामा कलम चाउन गारै पर्छ । कवि साहित्यकारहरु यसै पनि बढी भावुक हुन्छन् । मुक्तककार भावना मै नव याैवनकाे रुपमा प्रस्तुत भएका छन् ।
तिमीसँग बसेर एउटा गीत गाउन पाए
चाैतारीमा बसेर मिठाे माया लाउन पाए
पिरतीका फुलहरु झुल्थे हाेला
तिमीलाई मेरै नजिक मेरै नजिक पाउन पाए ।

मुक्तककारकाे मुक्तक सग्रहकाे नाम ‘मुक्ता’ छोरीको नाम राखिएको छ । उनकाे ‘बर्षा’ कविता सङ्ग्रह प्रकाशाेन्मुख समेत छोरीको नामबाट प्रकाशित हुँदैछ । समाजमा अझैपनि वंश चलाउन छाेरा नै चाहिने संस्कार छ । छाेरी मात्र सन्तान हुनेहरुकाे वेदना गीताश्रीले मुक्तक मार्फत प्रस्तुत गरेकी छन् । छोरीहरु, आमा तथा पतिलाई बिम्ब बनाएर समेत मुक्तक लेखिएका छन् । पारिवारिक स्नेहमा रचित मुक्तकहरुमा धेरैजसो मुक्ता र बर्षा नामका छोरीहरुसँग खेलेका छन् ।
घरकी सूर्य हाै तिमी मेराे जीवनकाे पहिलाे किरण
आयाैं तिमी धर्तीमा जब म परे तिम्रै शरण
छाेराे नै चाहिन्छ बंश चलाउन भन्ने हाम्राे समाजमा
छाेरी पनि कम छैनन् भनेर देखायाै एक उदाहरण । ३९
घरका कुना कुनमा छाेरी तिम्रा पाइला खाेज्दैछु
कहिले आउने तिमी भनी तस्विरलाई साेद्धैछु
तिम्रै आवाज गुञ्जायमान् छन् घरमा जताततै
ह्रदयलाई सम्झाउँदै तिम्राे सुनाैलाे भविश्य साेच्दैछु । ५८
चस्स मन दुख्छ जस्का छाेरा उसकाे जन् भन्नेहरुदेखि
जति भैंसी पाल्न सक्छाै आफ्नै हाे बन् भन्नेहरुदेखि
कति स्वार्थी हाम्राे समाज र निष्ठुरी उनै बा आमा पनि
छाेराे बंश हुन्छ छाेरीलाई अर्काकाे धन् भन्नेहरुदेखि ।
पारिवारिक स्नेह तथा माया दर्शाएर रचना गरिएका मुक्तकहरु छन् । ती मुक्तकहरुले मार्मिक लाग्छन् । कतिपय मुक्तक नितान्त पारिवारिक छन् ।
परिस्थितीले म अहिले धेरै झेलिएकाे छु
कर्तव्य र जिम्मेवारीले अझ पेलिएकी छु
केवल छाेरी हुँदा खुकुलाे थियाे मेराे संसार
थर के फेरियाे धेरै साइनु भित्र जेलिएकी छु ।
जाउ छाेरी तिम्राे घर खुसी लिएर जाउ
दुवै घरकाे सम्बन्ध जाेड्ने सेतु बनेर छाउ
खुसी बस हरदम तिमी रमाएर घरमा
कहिले काही बा आमा सम्झी याे घरमा आउ ।
पति र पत्नीकाे सम्बन्ध रथका दुई पाग्रा भनिन्छ । एककाे भर नभए रथ नचले जस्तै जीवन पनि पति पत्नीकाे भरमा चल्ने गर्छ । त्याे सम्वन्ध भित्र माया प्रेम शंका घृणा रिसराग कहिले काँही सानाेतिनाे झगडा फेरी सुमधुर सम्वन्ध । परालकाे आगाे जस्ताे झगडा पति पत्नीमा रहन्छ भनिन्छ । एकदम क्षणिक । कुनै कुनै मुक्तकमा मुक्तकार घुर्क्याउँदै भन्छिन्
धेरै रिसाउँछौ मसँग तिमी आज भोलि
झटारो हान्ने हौ कि घृणाको गोली,
कि त मलाई अथाह मायाँ गरेको हुनुपर्छ
भन्छौ भने आजै भन नत्र म चढ्छु नयाँ डोली । १९
सवै पानमा तिम्राे नाम लेख्न सके पाे जिन्दगी
प्रत्येक एेनामा तिम्राे मुहार देख्न सके पाे जिन्दगी
तिमी मेराे जाेश, उर्जा र प्रेरणाकाे स्राेत हाै
ह्रदयमा छदैछाै तिम्राे पाइलामा टेक्न सके पाे जिन्दगी
माया प्रेम श्रृगारिक पछी प्रकृति प्रेम मुक्तककारको बढी रुचिको बिषय हो भन्ने मुक्तामा देखिएकाे छ ।
पृथ्वीलाई हामी केही उपहार दिउँ
अनि पाे हुन्छ हामीलाई जिउँने निहुँ
राेपाैं बाेटविरुवा हामी सवै यहाँ
अनि आनन्दसँग हामी सास लिउँ ।
खाई खेली गरी हुर्के यही माटाेकाे चुलाेमा
कति लडे खेले बढे यही घरकाे धुलाेमा
पत्तै नपाइ समयले काेल्टे फेरीसकेछ आज
विरानाे झै लाग्छ हिड्दा तिनै खेतकाे कुलाेमा ।
गीताश्रीमा मुक्तकहरुमा जीवनमा भोगेका घटनामा आधारित मुक्तकहरु बढी रहेकाे पाइन्छ । स्वभावत मानव जीवनमा सुखका भन्दा दुःखका पाटाे बढी हुन्छ । जन्मने वित्तिकै दुःख सुरु हाेला तर सुख समयक्रममा मान्ने विषय भएर हाेला वियाेगान्तक भाव आउनु स्वभाविक हाे ।
जिन्दगीका दुःखहरु केलाउँदा थाकेकीछु
देवी देउता साक्षाी राखी भाकल मैले राखेकीछु
कर्म गरी मर्म मेटारउने काेशिश धेरै गरे मैले
पर सारी दुःखलाई अब सुख डाकेकीछु ।
बाँच्न गाह्राे छ यहाँ सुनकाे छेउमा गुन भुल्नेसँग
हाँस्न उत्तिकै गाह्राे छ घामकाे छेउमा जुन भुल्नेसँग
गुमाइसकेपछि मात्र महत्व बुझ्ने दुनियाँमा
महकाे स्वाद मुखमा रहुन्जेल नुन भुल्नेसँग
राजनीति भाव प्रति खासै चासाे राखिएकाे जस्ताे मुक्तक सग्रहमा लाग्दैन तर पनि राजनीतिक खेल भएकाे कुरा केही मुक्तकहरुमा उनले बाेल्न भ्याएकी छन् ।
सत्ता दाेहाेरी खेल्नेलाई सधै खेल्न पुगेकाे छ
सीधा साधाकाे भावनालाई यहाँ पेल्न पुगेकाे छ
गाँउ समाज र देशकाे मुहार फेर्न भनेर भाेट दिन्छाै
चाेकीमा पुगेपछी आफ्नै नाता गाेतालाइ ठेल्न पुगेकाे छ ।
हामी जुन माटाेमा जन्मिन्छाै त्यही माटाेकाे माया ममता हुनु अस्वाभाविक हाेइन । राष्ट प्रेम हरेक देशका नागरिकलाई उत्तिकै हुन्छ । राष्टियता देश प्रेमका प्रशङमा उनले लेखेकी छन् ।
जैविक फलफूल सागसब्जी खेतबारीका गरामा
शीतल हावा शुद्ध पानी छ सिक्किमकाे पहरामा
धुपी, सल्ला , चाँप , गराँस, सुनाखरी पैयाैं फुलेका
आउँछाै कहिले घुम्न रम्न हाँस्न प्राकृतिक धरामा
कञ्चनजंङघा मुकुट सरह सिक्किमकाे मान हाे
डाँडा काँडा पहरा छहरा यही हाम्राे सान हाे
भाेटे लाप्चे र नेपाली मिलेर बसेकाे प्रिय ठाँउ मेराे
यही माटाेमै जन्मे हुर्कें अब यही माटाे प्राण हाे ।
गीताश्रीसँग मुक्तक संसारमा म पनि जाेडिए पछि परिचय भएकाे हाे त्यही समूहमा उनका मुक्तकहरु पढ्दै गर्दा । पछी समाजिक सजालमा जाेडियाै र कुराकानी भए । मुक्ता मुक्तक सग्रह काेभिड महामारीकाे समयमा आमाकाे हातबाट विमाेचन गराए पछी सामाजिक सजालबाटै साहित्यिक अन्तरवार्ता लिएर प्रकाशित समेत गरेकाे छु ।
अन्तमा, साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी गीताश्री शर्मालाई मुक्ताकाे लागि बधाइ तथा केही समयमै प्रकाशित हुँदै गरेकाे प्रकाशोन्मुख कथा संग्रह समयका रेखाहरुकाे लागि समेत बधाइ तथा शुभकामना । उनकाे साहित्यिक यात्रा अनवरत चलिरहाेस ।
याे पनि ‘दुबै कृतिहरू छोरीहरूकाे लागि’

