काेराेना भाइरस (काेभिड –१९) काे महामारीबाट बच्न र बचाउँन मास्क वितरण अभियान मकवानपुरमा सुरू गरिएकाे छ । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध” को संजाल को आयोजनामा “जिल्ला कोभिड संकट ब्यबस्थापन समिति”(DCCMC) को संयोजनमा हेटौडा-१०, बसपार्क मा “मास्क लगाऔं अभियान” मंगलबारबाट सुरू गरिएकाे छ । अभियानमा पहिलाे दिनमै ५०० भन्दाबढी मास्क बितरण गरिएकाे सञ्जालकाे सचिव संस्था सेलर्डका जगन्नाथ सुवेदीले बताए ।
तस्बिरहरू साैजन्यः जगन्नाथ सुवेदी कानुन अन्वेषण तथा स्राेत विकास केन्द्र (सेलर्ड) मकवानपुर , झविन्द्र ज्ञावली (प्रमुख) सिविन बाल हेल्पलाइन र दिनेश हुमगाइ मकवानपुर ।







