मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले शनिबार उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आश्रित वालवालिकाहरुको लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका उपाध्यक्ष राम प्रसाद न्याैपाने लगायतका पदाधिकारीले मामाघर नेपालका संस्थापक अर्पण पराजुलीलाई खाद्य सामग्रीहरु चामल, तेल, दाल, नुन, मस्यौरा, आलु, प्याज, चिउरा सहयाेग गरेका छन् ।
उद्योगी व्यवसायीको पर्वको दिनमा मामाघर नेपालका वालवालिकाकाे लागि सहयोग गर्न पाउँदा मन प्रफुल्ल भएकाे संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने बताए। उनले ममामाघर नेपालको संचालनमा अर्पण पराजुलीको लगनशिलताको प्रशंसा गरे । कार्यक्रममा मामाघर नेपालका संचालक अर्पण पराजुलीले सडक वालवालिका मुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना भएको बताए । पराजुली वालवालिका सडकमा आउनुपर्ने वाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो सुखद समयको प्रतिक्षामा आफू रहेको बताए ।

हाल मामाघर नेपालमा १९ जना वालवालिका आश्रित रहेको उनले बताए। ‘यो संख्यामा समय समयमा थपघट हुने गरेकाे छ’ पराजुली भने– ‘वालवालिकाहरुलाई परिवारको जिम्मा लगाउँदा घटने र नयाँ सडक वालवालिका मामाघर नेपालमा ल्याउने क्रम चलिरहने भएकोले थपघट पनि भइरहन्छ ।’ मामाघर नेपालमा १०० जना वालवालिकालाई आश्रय दिन सकिने उनले जानकारी दिए । विगतको अनुभवको आधारमा पछिल्लो समय सडक वालवालिकाहरुलाई तुरुन्तै मामाघर नेपालमा नल्याई उनीहरुलाई निगरानीमा राखी मनोसामाजिक हिसावले तयार गरेर मात्र ल्याउने गरिएको उनले बताए । मामाघर नेपाल संचालनमा आफू फ्रण्टमा जस्तो देखिएपनि पूरा समाजले नै मामाघर नेपाल चलाइरहेको उनले जानकारी दिए ।

मामाघर नेपाल लाइ मकवानपुर उद्योग वाणिज्य संघबाट र संघका पदाधिकारीहरुबाट सहयोग हुँदै आएकोमा पराजुलीले प्रशंसा गरे । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएकाे कार्यक्रम संघका सचिव तथा प्रवक्ता काब्यमणि अधिकारीले मामाघर नेपाललाइ आउने दिनमा समेत संघकाे सहयाेग रहने बताए ।
खाद्यान्न सहयोग कार्यक्रममा संघका महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, रुपकराज दहाल, संघका कार्यकारी सचिव पवन कार्की, पत्रकारद्वय नविन तिमल्सिना र श्रीराम अर्जुनलगायत मामाघर नेपालमा आश्रित वालवालिकाहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमपछि
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले पाेखरामा क्यूआर कोड सेवा सुरू गरेकाे छ । पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको बैंकले जानकारी दिएकाे छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी सेवाको शुभारम्भ गरेका हुन् ।
यो ब्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैकिङ्ग सेवा संचालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोवारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैकिङ्ग, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याटबट जस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ ।
सेवा शुभारम्भकाे अवसरमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो ।
मकवानपुर । आज चैत २० गते शुक्रबार सुन र चाँदी दुबैको भाउ बढेको छ। सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघको अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि बढेर १ हजार २ सय ४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँले बढेको हो।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।
मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन्।
विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले सम्झौता गरिएको हो । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ । कर्जाकाे लागि रिक्सा धितो राखे पुग्ने मेगा बैकले जनाएकाे छ । मेगा बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताइन् ।
नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ भएकाे हाे ।
मकवानपुर/ मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
२०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी विज्ञप्तिको परिपालना गर्नु जिम्मेवार संस्थाको कर्तव्य हुनेहुँदा सो सम्बन्धमा २०७७ चैत्र १० गते बसेको संघको कार्यसमिति बैठकको निर्णयानुसार वार्षिक सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । संघले परिस्थिति अनुकुल भएपश्चात उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।
कोभिडको नयाँ संक्रमण थप प्रभावशिल र जोखिमपूर्ण हुने समाचार आइरहदा संघले उद्योगी/व्यवसायी तथा आम सर्वसाधारण सचेत हुन र सुरक्षा सावधानीको सम्पूर्ण मापदण्डहरु परिपालना गर्न पनि अनुरोध गरेको छ ।
यसै बिच संघकाे अध्यक्ष पदका उम्मेदवार राजकुमार न्याैपानेले निर्वाचनकाे अन्तिम अवस्था कार्यक्रम स्थागित गरेकाे प्रति विराेध जनाएका छन् । हारकाे मानिसकताले निर्वाचन कार्यक्रम स्थागन गरिएकाे उनकाे दाबि छ ।