मकवानपुर । आज चैत २० गते शुक्रबार सुन र चाँदी दुबैको भाउ बढेको छ। सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघको अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि बढेर १ हजार २ सय ४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँले बढेको हो।

