मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले शनिबार उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आश्रित वालवालिकाहरुको लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका उपाध्यक्ष राम प्रसाद न्याैपाने लगायतका पदाधिकारीले मामाघर नेपालका संस्थापक अर्पण पराजुलीलाई खाद्य सामग्रीहरु चामल, तेल, दाल, नुन, मस्यौरा, आलु, प्याज, चिउरा सहयाेग गरेका छन् ।
उद्योगी व्यवसायीको पर्वको दिनमा मामाघर नेपालका वालवालिकाकाे लागि सहयोग गर्न पाउँदा मन प्रफुल्ल भएकाे संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने बताए। उनले ममामाघर नेपालको संचालनमा अर्पण पराजुलीको लगनशिलताको प्रशंसा गरे । कार्यक्रममा मामाघर नेपालका संचालक अर्पण पराजुलीले सडक वालवालिका मुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना भएको बताए । पराजुली वालवालिका सडकमा आउनुपर्ने वाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो सुखद समयको प्रतिक्षामा आफू रहेको बताए ।

हाल मामाघर नेपालमा १९ जना वालवालिका आश्रित रहेको उनले बताए। ‘यो संख्यामा समय समयमा थपघट हुने गरेकाे छ’ पराजुली भने– ‘वालवालिकाहरुलाई परिवारको जिम्मा लगाउँदा घटने र नयाँ सडक वालवालिका मामाघर नेपालमा ल्याउने क्रम चलिरहने भएकोले थपघट पनि भइरहन्छ ।’ मामाघर नेपालमा १०० जना वालवालिकालाई आश्रय दिन सकिने उनले जानकारी दिए । विगतको अनुभवको आधारमा पछिल्लो समय सडक वालवालिकाहरुलाई तुरुन्तै मामाघर नेपालमा नल्याई उनीहरुलाई निगरानीमा राखी मनोसामाजिक हिसावले तयार गरेर मात्र ल्याउने गरिएको उनले बताए । मामाघर नेपाल संचालनमा आफू फ्रण्टमा जस्तो देखिएपनि पूरा समाजले नै मामाघर नेपाल चलाइरहेको उनले जानकारी दिए ।

मामाघर नेपाल लाइ मकवानपुर उद्योग वाणिज्य संघबाट र संघका पदाधिकारीहरुबाट सहयोग हुँदै आएकोमा पराजुलीले प्रशंसा गरे । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएकाे कार्यक्रम संघका सचिव तथा प्रवक्ता काब्यमणि अधिकारीले मामाघर नेपाललाइ आउने दिनमा समेत संघकाे सहयाेग रहने बताए ।
खाद्यान्न सहयोग कार्यक्रममा संघका महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, रुपकराज दहाल, संघका कार्यकारी सचिव पवन कार्की, पत्रकारद्वय नविन तिमल्सिना र श्रीराम अर्जुनलगायत मामाघर नेपालमा आश्रित वालवालिकाहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमपछि

