चित्र कुमार सुबेदी
मुल बाटोमा देउराली
म त्यही वाटो नाप्छु हरेक हप्ता
मैले त्यो वाटो नापिन भने
मेरो परिवारको सास फेरिदैन ।
मुल वाटामा देउराली
विहानै ,
ढुङ्गो लाई म देउरालीमा अड्यााउछु
हरेक वाटो नपाइमा
एकदिन,
देउराली नेर म चिप्लिन्छु
उठ्न खोज्छु
टाउकाको रगत हातले छाम्दै
देउराली तिर हेर्छु
त्यही ढुङ्गो जसलाई मैले
बडो जतनले
देउरालीको टुप्पोमा अड्याएको थिए
उसैले ठोके छ .मेरो टाउको
सम्झे ढुङ्गो लाई त गुन लाग्दैन मने
के गुन लाग्थो निर्दयी मान्छेहरुलाई ।
नेर्पा, खाेटाङ
मकवानपुर । साहित्यकार प्रीति आत्रेय ज्ञवालीकाे कविता संग्रह अनुभूतिकाे ईन्द्रेणी सार्वजनिक भएकाे छ । भाद्र ११ गते शनिबार ज्ञवालीको कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर दुर्गाप्रसाद अर्याललगायत अतिथिहरुले “अनुभूतिको इन्द्रेनी” विमाेचन गरेका हुन् ।
शब्दार्थ प्रकाशनबाट प्रकाशित ‘अनुभूतिको इन्द्रेनी’ प्राध्यापक डाक्टर विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामामा शनिबार कुशे औँसी तथा पिता सम्मान दिवसको दिन काठमाडाैंमा विमाेचन गरिएकाे हाे । साहित्यकार आत्रेयले आफ्ना कीर्ति स्वर्गिय पिता विष्णुराज आत्रेय लाटोसाथीलाई समर्पण गर्दै सम्झनामा प्रकाशन गरिएकाे बताइन् ।
नेपाल वेद विद्याश्रमका पाँच वटुकहरूको स्वस्ति वाचनबाट शुरू भएको कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेले आफ्नै पिताको संस्कृत महाकाव्य“हनूमदयनम्” बाट केही संस्कृत श्लोकहरू वाचन गरी मंगलाचरण गरेकी थिइन् । प्रमुख अतिथि अर्यालबाट दीप प्रज्वलन एवं कार्यक्रमको निमन्त्रणा पढी कार्यक्रमको उद्घाटन गरिएको थियो । प्राध्यापक रामप्रसाद ज्ञवाली र डाक्टर यज्ञेश्वर निरौलाले समीक्षात्मक शुभकामना दिनु भएकाे कृति विमाेचन कार्यक्रममा आयोजक संस्थाका संरक्षक एवं कृतिकारकी आमा आर्या आत्रेयले सबैलाई धन्यवाद मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा साइनोकार बालकुमार क्षेत्रीबाट शुभकामना कविताका साथै सार्वजनिक कृतिबाट कविता वाचन, प्राप्ति अर्यालबाट सार्वजनिक कृतिबाट कविता वाचन, आज्ञा आत्रेयबाट पिताको सम्मानमा आफ्नै कविता वाचन, टुक्का अभियन्ता ताराप्रसाद चापागाईँबाट पितासम्बन्धी टुक्का वाचन प्रस्तुत गरिएको थियो । कार्यक्रम आयोजकका तर्फबाट साहित्यकार पार्वती शर्माले शुभकामना मन्तव्यसहित धन्यवाद ज्ञापन गरेकी थिइन् । शेखर अर्यालले मधुर लयका साथ शुभकामना प्रकट गर्दै तीज गीतका टुक्का वाचन गरेका थिए ।

प्राध्यापक पुरुषोत्तम दाहालकाे सभाध्यक्षता तथा प्राध्यापक डाक्टर अर्यालको प्रमुख आतिथ्यतामा भएकाे कृति विमोचन कार्यक्रममा अतिथिहरु डाक्टर सोमनाथ अर्ज्याल, प्राध्यापक डाक्टर कमला सुवेदी, उमा शर्मा न्यौपाने, अरुणा पोखरेल, प्रवीणराज अर्याल एवं साहित्यकार पार्वती शर्मा रहेका थिए ।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, प्राध्याक गाेविन्दराज खनियाँ, रिएण्डा बिज सर्भिसका अध्यक्ष भरत रिजाल, रिएण्डा बिज सर्भिसका निर्देशक पुरुषोत्तम मैनाली, किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारी, विश्व स्वास्थ्य संघका राष्ट्रिय पेशागत अधिकारी सुदन पन्थीकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी सार्थक कंक्रिट प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक आशिष सुवेदी, नेबिल बैंककी प्रमुख जोखिम अधिकारी, नमिता दीक्षित, अच्युत जोशी, गजलकार एम पी पाण्डे, केशव न्यौपाने, चारु अर्याल, अनिता पाण्डे, चिन्तामणि अधिकारी, कंचन दीक्षित, गरिमा पन्थी, रेखा पाण्डेलगायत साहित्य तथा अन्य संघसंस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।
मकवानपुर । मकवानपुरे साहित्यकार बिर्खे अन्जानलाई यसवर्षको युवा मोति पुरस्कार प्रदान गरिएको छ । युवाकवि मोतीराम भट्टको १५७ औं जन्म जयन्तीको अवसरमा काठमाण्डौ लेखनाथ सदन स्रोहखुट्टेमा आयोजित कार्यक्रममा अञ्जानलाइ पुरस्कार प्रदान गरिएको हो ।
मोतीराम भट्टको सम्मानमा स्थापना गरिएको पुरस्कार पाउनु सौभाग्यको रुपमा लिएको अञ्जानले बताए । युवाबर्ष मोती पुरस्कार २०७९ मकवानपुरका कवि तथा समालोचक बिर्खे अञ्जानले प्राप्त गरेका हुन् । संस्थागत साहित्यको विकासका साथसाथै साहित्यिक खोज अनुसन्धानका क्षेत्रमा क्रियाशील अञ्जानका समालोचना, कविता, मुक्तक, गजल विधाका कृतिहरू प्रकाशित छन् ।
नेपाली शिक्षा परिषदको अध्यक्ष रमा शर्मा, पत्रकार तथा साहित्यकार भैरव रिसाललगायतले अञ्जानलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा युवा सेवा कोषका अध्यक्ष प्रदीपमान वैद्य , डा विष्णु भण्डारी तथा स्रष्टा समिति छनोट निर्णायक समितिका संयोजक रमेश खकुरेलले साहित्यमा आइपरेको चुनौतीबारे चर्चा गरेका थिए ।
मोतिराम नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार , समालोचक तथा माध्यामिक कालका प्रवर्तक थिए । थोरै बाँचेर नेपाली साहित्यमा योगदान पु-याएका मोसतराम नेपाली साहित्यका प्रेरक व्यक्तित्व हुन् । मोतिराम १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरूवातकर्ता हुन् । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा वि स २०४० सालमा राष्ट्रिय युवा कोष स्थापनागरी प्रत्येक बर्ष नेपाली भाषा एवम् साहित्यको श्रृवृद्धिका लागि अतुलनीय योगदान पुर्याउने युवा स्रष्टालाई समर्पित गर्दै आएको छ ।
पुष्पा नेपाल सुबेदी
एउटा अपरिचित नम्बरबाट कल आयो । उठाऊँ कि नउठाऊँ भयो मलाई । उठाइनँ । पाँच मिनेटपछि फेरि त्यही कल आयो । नजिकै श्रीमान् हुनुहुन्थ्यो । उठाऊँ को हो, को हो ? नउठाऊँ झन् शंका हुने । उठाएँ र केही नसुनी भनिदिएँ, केही सुनिएन, म पछि गर्छु है । घरमा फर्केपछि मनमा खुल्दुली भइरह्यो । को थियो होला अपरिचित नम्बरमा ? फोन काटिदिएकोमा के पो सोच्यो होला ? मिस कल भए त दुई दुईपल्ट कल नआउनु पर्ने । श्रीमान् आफ्नो कोठामा स्कुलका कापीहरु जाँचिरहनु भएको थियो । भान्सामा थिएँ म । कल गरेँ । सम्पर्क हुन सकेन भन्यो । तरकारी ओइरिसकेपछि फेरि एक प्रयास गरेँ । फोन लाग्यो ।
एउटा मधुर पुरुष आवाजले भन्यो, हजुर । कल आएको रहेछ । नम्बर सेभ थिएन । को बोल्नुभयो होला हजुर ? मैले यत्ति सोधेँ । पुरुषले भन्यो, म प्रदीप छेत्री । चिन्नुभयो ? तपाईँको नगरमा आएको थिएँ । फोन उठाउनु भएन । म विस्मित भएँ । जसको किताब मेरो सिरानीमा छ अझै । जसको मुक्तक पढेर म अघाउँदिन । उनको आवाजको सबैभन्दा ठुलो प्रशंसक र प्रेमी हुँ म । त्यो आवाजले मलाई एकान्तमा अपरिमित आनन्द दिन्छ । भनोस् लाग्छ, पुष्पा, हिँड एक कप चिया पिऊँ सँगै । अनि अहिले कहाँ ? मैले सोधेँ । म त इटहरी पुगिसकेँ । उनले भने । किन हिजै भन्नुभएन ? मेरो थकथकी झन् बढ्यो । भान्सा छोडेर बेडरुममा गएँ । शरीर शिथिलजस्तो भयो ।
दिउँसको ३ बजिसकेको थियो । म थिएँ बिर्तामोड । बसमा जाँदा तीन घण्टा लाग्थ्यो । फर्किनु कसरी ? आज त्यतै बस्ने हो ? मैले सोधेँ । उनले भने, पौने पाँचको फ्लाइट छ काठमाडौँको । झन् दिक्क लाग्यो । सन्तोषचाहिँ के लाग्यो भने उनीसँग प्रत्यक्ष बोल्न पाएँ । अर्कै ग्रहको जस्तो कथाकार र मुक्तककार मसँग चिरपरिचित जस्तो बोलिरहेको थियो । मनमा यति धेरै भावनाहरु थिए कि के भन्नु, के भन्नु भयो ।
उनले भने, तपाईँसँग बसेर एक कप चिया खान मन थियो । मेरो थकथकीको कुनै सीमा थिएन । उनले फोन काट्न नपाउँदै भनेँ, पुगेपछि फोन गर्नू ल । उताबाट आवाज आयो हस् ।
पौने छ बजेतिर फेसबुकमा उनको मेसेज आयो । म पुगेँ है, मास्टर्नी माया । मैले त्यो मेसेज सयपल्ट पढेँ ।
इलाम