मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्य सर्जकलाई नगरसहित सम्मान गर्ने भएकाे छ । नेपाली हास्यव्यङ्ग्य सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अग्रज तथा नवप्रतिभा गरी २ जनालाई सिस्नुपानी मकवानपुरले सम्मान गर्न लागेकाे हाे ।
यस वर्ष गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ सम्मानबाट नरनाथ लुइँटेललाई सम्मान गरिने भएकाे छ । सिस्नुपानी नेपाल तथा हास्यव्यङ्ग्य अनलाइन फित्कौली डटकममा आवद्ध रहेका लुइँटेललाई २५ हजार राशीकाे उक्त पुरस्कारबाट सम्मान गरिने अध्यक्ष सम्प्रस पौडेलले जानकारी दिए ।
यसैगरी हास्यव्यङ्ग्य कलाकार सीता न्यौपानेलाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिने भएकाे छ । स्ट्याण्ड अप कमेडीका कलाकार न्यौपानेलाई २० हजार राशीकाे उक्त पुरस्कारबाट सम्मान गरिने पौडेलले बताए । १९ बैशाख २०८३ मा हेटौंडामा दुवै जनालाई एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरिने बताइएकाे छ । अग्रज तथा नवप्रतिभासमेतलाई २ जना स्रस्टाहरूलाई सिस्नुपानी नेपाल मकवानपुरले हरेक वर्ष सम्मान समर्पण गर्दै आइरहेको छ ।
हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन कार्यक्रम
यसैगरी आगमी बैशाख १९ गते हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन कार्यक्रम समेत हुने भएकाे छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा हुने उक्त कार्यक्रममा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यालयको पत्रसहित प्रत्येक समूहमा २ जनादेखि बढीमा ५ जनासम्म सहभागी जनाउन पाउने छन् । आफूलाई आवश्यक सामग्रीहरू सहभागी समूहले नै व्यवस्थापन गर्नुपर्ने प्रतियोगितामा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथितिलगायतका समसामयिक विषयहरूमाथि सभ्यरूपमा हास्यव्यङ्ग्य गर्न सकिने उनले बताए ।
आफूले प्रस्तुत गर्ने विषयवस्तु पूर्व जानकारी गराउनु पर्ने तथा ७ बैशाखसम्म सहभागी हुनु पर्ने प्रहसन कार्यक्रममा निर्णायकद्वारा कार्यक्रमको १ हप्ता अगाडि सहभागी समूहकाे पूर्वतयारी प्रस्तुति अवलोकन पछि उत्कृष्ट समूहलाई प्रतियोगितामा सहभागी गराइने बताइएकाे छ ।
प्रहसन कार्यक्रम प्रथम हुने समूहले नगद १५ हजार र सम्मानपत्र तथा द्वितीय हुने समूहले नगद १० हजार र सम्मानपत्र प्राप्त गर्ने छन् । यस्तै तृतीय हुने समूहले नगद ७ हजार र सम्मानपत्र र प्रोत्साहन पुरस्कार नगद ४ हजार प्रदान गरिने आयोजकले जनाएकाे छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । पार्टीकाे संसदीय दलका नेता चयन तथा सांसदकाे पद तथा गोपनियताकाे शपथ लिए पछि बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ ।
प्रधानमन्त्री चयनकाे पूर्व सन्ध्यामा बालेनकै आधिकारिक युट्युब च्यानलबाट रिलिज गीतको भिडियोमा उनले निर्वाचनकाे समयमा देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको सभा तथा यात्राका दृश्यहरू समावेश गरिएको छ ।
भरतपुर, चितवन । चितवनको भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले २ जना स्रस्टालाई प्रज्ञा सम्मान तथा अन्य ४ जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।
भरतपुरमा बिहीबार भएको कार्यक्रममा नगर प्रमुख चित्रसेन अधिकारी र प्रतिष्ठान अध्यक्ष इन्द्रप्रसाद रेग्मीले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
प्रतिष्ठानले ‘कृष्ण बम मल्ल प्रज्ञा सम्मान’ बाट नारायणप्रसाद खनाललाई सम्मान गरेको छ । यस्तै ‘भरतपुर प्रज्ञा सम्मान’ विजय गुरुङलाई प्रदान गरिएको छ । ती दुबै सम्मानको राशि ५० हजार ७८ रुपैयाँ रहेको प्रतिष्ठान सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।
विधागत रूपमा प्रदान गरिएका ‘भरतपुर प्रज्ञा पुरस्कार’ अन्तर्गत काव्यतर्फ गोविन्दगोपाल खतिवडाको ‘वासना कि उपासना’ कविता कृति, निबन्धतर्फ सञ्जीव पौडेलको ‘छोटु’ संस्मरण तथा आख्यानतर्फ सुभाष घिमिरेको ‘सान्दाजू’ उपन्यास पुरस्कृत भएको उनले बताए । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।
त्यसैगरी ‘वागीश्वरी प्रज्ञा पुरस्कार’ गायत्री अधिकारीको ‘वर्तमान’ उपन्यासलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ छ ।
सदस्य सचिव थपलियाले सहजीकरण गरेको कार्यक्रममा सम्मानित तथा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्वमाथि केदारनाथ खनालले टिप्पणी राखेका थिए ।
मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालकी बागमती प्रदेश सदस्य सुमि थिङकाे मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ को विमोचन गरिएको छ ।
शनिबार चौतारीको ४२ ओैँ शृङ्खलाकाे अवसरमा थिङको कृति विमोचन एवम् विमर्श हेटौंडामा गरिएको हो । हेटौंडा १ स्थित अमर माविमा कक्षा ९ मा अध्ययनरत सुमिले पहिलाे कृति मुक्तक सङ्ग्रह प्रकाशन गरेकी हुन् ।कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए । यस्तै नवसर्जक राेज कार्की, नम्रता पराजुलीले कृतिमा समेटिएका मध्ये प्रतिनिधि रचना वाचन गरेका थिए ।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार डीबी बर्ताैलाकाे सम्पादन रहेको मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चाैतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेकाे हाे । कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नवसर्जक चाैतारीले देशभरका २५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा पठन तथा लेखन संस्कृतिकाे विकास गर्दै आएकाे छ । नवसर्जकका कृति प्रकाशन गर्दै आएकाे चौतारीले आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।
चौतारीकी उपमहासचिव रचना भण्डारीकाे सहजीकरण गरेको कार्यक्रम चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालकाे अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेकाे प्रमुख आतिथ्यमा भएको थियो ।
समिता पौडेल न्यौपाने
गजल
तिमी जून भयौ कि तारा भयौ ।
मेरा लागि संसार सारा भयौ ।
चित्त बुझाउँछु गगन हेर्दै पनि,
नयनको चम्किलो नजारा भयौ ।
बेदनाले मान्दैनन् गाँठो फुकाउन,
मन भित्रकै कलकल धारा भयौ ।
जगतमै नरहे पनि केभो र ,
तिमि मेरो जितको नारा भयौ ।
कहिलै नमेटिने यादले बचायो ।
तिनै यादको खुराक, चारा भयौ ।
भरतपुर – ७ चितवन