- नवराज शर्मा
सधै साँझ नपर्दै आइपुग्ने नातिनीहरू अबेर रात पर्दासम्म आइपुगेनन्। चिन्तामणि चिन्तामग्न भए। बुढीतिर हेरे। खुइय साँस फेरे। धेरै बेरसम्म आमाबुबा जाग्राम बसेको देखेर छोरा बुहारीले भने ” होइन सुत्ने बेला भएन ? जानुस, सुत्नुस। अनिदो भए सन्चो हुँदैन। ”
“खोइ नातिनीहरू अहिलेसम्म आएनन्। समय खराब छ। कहाँ गएका होलान् ! ” ” सारा संसारमा महिलाहरु काम गर्न, काम विशेषले एक्लै बाहिर निस्कनछन्। यहाँ मात्र हो र ?” ” सुरक्षित ठानिएका विकसित मुलुकमा त महिलाहरु सुरक्षित छैनन्। झन् यहाँ ! ” ” त्यहि त ! दुर्घटना दरमा अरु मुलुक शिखरमा छन्। हामि काँ त सूचकांक कति कम कति कम। सुन्नु भा’ छैन, चिन्ता लिनु पर्दैन भनेको ? खोइ कुरा बुझ्या ! ”
” बुझें बा ! बुझें । ” भन्दै बुढाबुढी सुत्न गए। भोलिपल्ट त्यस घरका लाले लाली घाम ताप्दै गफ गर्दै थिए। ” होइन हाम्रा छोरीहरु कहाँ बाहिर भुस्याहाहरुसँग बरालिरहेका ! दिन समय खराब छ। कुरै बुझ्दैनन् बा ! ” लालीले एकफेर रिसाएर लालेलाई हेरी । ” आ ! हजुर पनि ! हामी जनावरमा कहिले कसैले जबरजस्ती गरेको वा भएको देख्नु सुन्नु भा’ छ ?
“एकछिन गम खाइ ‘के भा’ को हो बुढालाई ! मान्छेको संगतमा भएर हो कि मान्छे जस्तै सोच्न लाग्या छन्। “अनि लालेले सुन्नेगरी कराइ ” अचेल मान्छे त हामी जस्तै सोच्ने भइसके। सुन्नु भा’ छैन ? चिन्ता लिनु पर्दैन भन्दै हिंड्ने गर्या छन् ! ”
बीरगंज हाल भक्तपुर – १ लघुकथा
पारस भट्ट ‘प्यासी’
मान्सका घर घर आँसुको बीउ बुन पसेइ धन्यका भुट्याट
तब्लै कसैकालै मनमा डेरा जमुन पसेइ धन्यका भुट्याट ।
न यो गेदो हो भन्णै न यो बालो बुणो हो भन्णै अनधेरैको छै
तेरि खन्या अन्धेरैका धेक धेकुन पसेइ धन्यका भुट्याट।
करोड अरब पतिलाइपन सुकनाइ खन्ज्यालै झसझसै छ
जति सक्तिसाली मान्सलाइलै डरुन पसेइ धन्यका भुट्याट।
सुख्खीलै सब दु :ख्खी तेराइ लाग्दा अन्धेरकी कला तोमा
मान्सका मनमा अनेक कुरा उब्जुन पसेइ धन्यका भुट्याट।
रातकी निन हराइदिन्छै दिनको भोक प्यास सब मेटाइदिन्छै
हँस्यौली मान्सैलै उदासी दु:खी बनुन पसेइ धन्यका भुट्याट।
तुइ जती सक्तिसाली केइनाइ तोलाई रोक्क कोइ सक्कैइन
अन्धेरकी कला जिउँनाइ मान्स जलुन पसेइ धन्यका भुट्याट।
मेलौली २ बैतडी
मकवानपुर । सिस्नुपानी नेपालकाे मकवानपुर जिल्ला शाखा अध्यक्षमा राजकुमार लामिछाने चयन भएका छन् । हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानी नेपाल मकवानपुर शाखकाे साहित्य संगम–सिस्नुपानीको सभाकक्षमा भएको भेलाले लामिछानेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो ।
भेलाले सिस्नुपानी मकवानपुरको उपाध्यक्षमा मीनप्रसाद लामिछाने, सचिवमा गोबिन्द पौडेल, कोषाध्यक्षमा शुभद्रा हुमागाई चयन गरेकाे छ । यस्तै सदस्यमा चिरञ्जीवी लामिछाने, सानुभाइ बिश्वकर्मा र सम्प्रस पौडेल चयन भएका छन् ।
२०७४ सालमा ‘पुत्लाको पावर’ शीर्षकको हाँस्यव्यङ्ग्य कृति प्रकाशित गरेका लामिछानेको दोस्रो कृति प्रकाशोन्मुख छ । यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका लामिछानेले सर्वसम्मत अध्यक्ष भएका हुन् । हेटौंडा–४ निवासी लामिछाने निजामति सेवामा आबद्ध छन् ।
गौतम “सरोवर” रावत
बिछट्ट तड्पन शोकको म नारा सम्झिन्छु
तिमी गहिराईमा पुग्छौ म रारा सम्झिन्छु
उभिन्छौ भगवानको पनि भगवान् बनेर
नहुने बेला हात दिदा म सहारा सम्झिन्छु ।
उकुसमुकुस हुन्छ अति प्यारमा यो मन
सुन्छ आखिर कस्ले व्यावहारमा यो मन
साच्चै हो मुटु कलेजो अचानोसरी दुख्छ
दोष दिउँ हुन्न ठाउँ हुन्छ हतारमा यो मन ।
लेख्न त लेखिन्छ कथा कहानी
कहिलेकाहीँ आफ्नै जिन्दगानी
हाँसोमा पनि आँशुको मिसावट
भुल्नै नमिल्ने छ एउटा निशानी ।
प्यारमा हो तड्पन उल्झन नठान्नु
रुन्छन कोहि मजाक वचन नठान्नु
साथ दिनु कोहि अप्ठ्यारोमा हुदा
आफ्ना हुन या अरु दुश्मन नठान्नु ।
एकनास चल्दैन कम्पन मुटुको अचम्म छ
उदासीपनले सधैं आँखामा आँसु टम्म छ
कैयौं टकरावका बाबजुद यात्रा गरिरहेको
यो जिन्दगानी थाहा छैन खै कहाँ सम्म छ ।
साफेबगर ३ अछाम
सरस्वती पौडेल ‘सरु’
रात र बिहानी उस्तै उस्तै लाग्छ अचेल
तिमी र सिरानी उस्तै उस्तै लाग्छ अचेल।
डडेलोले जस्तै बाढीले पनि गाउँ खादा,
आगो र पानी उस्तै उस्तै लाग्छ अचेल। न
ाच्ने र नचाउने अजिबको खेल देख्दा,
ठेकी र मदानी उस्तै उस्तै लाग्छ अचेल।
ठूलो उम्काउने सानो फसाउने कानुन हुदाँ,
दूध र चौलानी उस्तै उस्तै लाग्छ अचेल।
प्रेममा नबौलाउ प्रिय ढिपी गर्नुको हद हुन्छ,
तिम्रो र बच्चाको बानी उस्तै उस्तै लाग्छ अचेल।
रहरै नसकिदै जाने, गएपछी कहिले नफर्कने,
खोला र जवानी उस्तै उस्तै लाग्छ अचेल।
भरतपुर -५, चितवन