मकवानपुर/ मकवानपुर हेटौंडा निवासी दिनेश दाहालको उपचारार्थ अमेरिका बस्दै आएका नेपालीहरुले झण्डै ४ लाख रुपियाँ सहयोग संकलन गरेर नेपाल पठाएका छन् । दाहाल प्रतिष्ठान मकवानपुरले दिनेश दाहाल बचाउन आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेपछि अमेरिका बस्दै आएका नेपालीहरुले सहयोग प्रदान गरेका हुन् ।
उक्त अभियानबारे सहिखबर अनलाइनले सूरुदेखि नै समाचार सार्वजनिक गर्दै आएको थियो । उक्त अभियानबाट प्रभावित भइ हाल रोजगारीको शिलसिलामा अमेरिका बस्दै आएका हेटौंडा–२ निवासी जनार्दन कडेलको अगुवाइमा अमेरिकामा बस्नुहुने नेपालीहरुले आफ्नो दैनिक खर्च कटाई रकम सङ्कलन गरेर पठाएको कंडेलले बताए ।
दाहाल प्रतिष्ठान मकवानपुर अध्यक्ष सिताराम दाहाल, दिनेश दाहालकी बहिनी रीता दाहाल समेतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको छ । एक मुस्ट ३ लाख ८९ हजार ५ सय ९५ रुपियाँ हेनपा २ निवासी बासु मैनाली मार्फत पठाइएको हो ।
हेनपा २ का वडा अध्यक्ष हरिबहादुर राउत, सदस्य रामेश्वरमान श्रेष्ठ ,वडा नम्बर ५ वडा सदस्य सरस्वती दाहाल , प्रतिष्ठान अध्यक्ष सिताराम दाहाल , सदस्य बिष्णुप्रसाद दाहाल , हेनपा २ निवासी राजाराम कडेल, उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
प्राप्त रकम हेनपा २ का वडा अध्यक्ष हरि बहादुर राउतले प्रतिष्ठानका अध्यक्ष दाहाललाई हस्तान्तरण गरेका छन् । ‘आफ्नो घर परिवार छोडेर टाढा रहनु भएका हाम्रा दाजुभाइ दिदीबहिनीको मन भावनात्मक हिसाबले अत्यन्तै नजिक रहेको आभाष भयो’ प्रतिष्ठान अध्यक्ष दाहालले भने ।
‘आर्थिक बिपन्नताले मेराे दाइकाे उपचार गराउन नसकी रहेको अबस्थामा रकम जम्मा गरेर पठाउनु भइ लगाउनु भएको गुन हामीले किहल्यै बिर्सन सक्ने छैनौ’ दिनेशकी बहिनी रीताले भनिन् ‘सबैलाई हार्दिक नमन छ ।’ दिनेश दाहाल बचाउ अभियानमा साथ दिएकोमा प्रतिष्ठान अध्यक्ष दाहालले पनि अमेरिका निवासी सहयोगी दाताहरुलाइ आभार प्रकट गरे ।
अमेरिका निवासी मनकारी नेपालीहरू, जसले दिनेश दाहाल बचाउन आफ्ने खर्च काटेर सहयाेग नेपाल पठाए

स्वास्थ्याेपचारमा आर्थिक समस्या भएपछी सहयाेगकाे याचना
हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी ४३ वर्षीय दिनेश दाहालको स्वास्थ्य उपचारको लागि सहयोगको याचना गरिएको थियो । क्यान्सरको कारण श्रीमती गुमाएको केही वर्षमै दिनेशलाइ नै स्वास्थ्य समस्या देखिएपछि अहिले दिनेश नै उपचारमा आर्थिक समस्यामा छन् ।
श्रीमतीको उपचारमा धेरै खर्च लागेको कारण नगद तथा जायजेथा सकेपछि बाहलमा बस्दै आएका उनी अहिले आफ्नो उपचारमा आर्थिक अभावकै कारण समस्या रहेको परिवार स्रोतले जनाएको छ । कलेजोसम्बन्धी समस्या (लिभर शिरोसिस) को कारण पेटमा पानी जमेर समस्या भएकोले तत्काल उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
‘पछिल्लो समयको रिपोर्टले आशा जगाएको छ, मनकारीहरुको सहयोगले जीवन पाउने आशा छ’ बहिनी रीताले सहीखबरसँग भनिन् । हालसम्म उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च भएको र अबको आर्थिक अवस्था नै कमजोर भएपछि सहयोग माग्नु भन्दा कुनै विकल्पै नरहेको परिवारका सदस्यले जनाएका छन् ।
दाहाल प्रतिष्ठानले यस अघि ९४ हजार आर्थिक सहयोग संकलन गरेर दिनेशको परिवारलाई प्रदान गरिसकेको छ ।
याे पनि पढ्नुहाेस
मकवानपुर । मकवानपुरमा थप १ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । काेराना संक्रमण निकाे हुनेमा १ सय ३९ जना होम आइसोलेसनबाट र १३ जना संस्थागत आइसोलेसबाट गरी १ सय ६२ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना संक्रमण निकाे हुनेकाे संख्या ६ हजार २ सय १५ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
यसैगरी मकवानपुरमा १ सय २ जनामा कोरोना पुष्टि भएको छ । अाइतबार २ सय १७ जनामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ५ सय ६२ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा २ की ३ वर्षीया र मनहरी ७ की ७७ वर्षीया महिला गरी थप २ जनाको मृत्यु भएको हा । दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालको कोभिड कक्षमा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।
यस्तै जिल्लामा आइतबारकाे दिनसम्म २ हजार २ सय ५७ जना सक्रिय संक्रमित हाेम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितमा २ हजार १ सय ३४ जना घर मा र १ सय २३ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।
देशभर ६ हजार २ सय ५ जना संक्रमणमुक्त
वितेकाे २४ घण्टामा देशभर ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभरका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९ सय ५५ पुगेको छ। कोरोना संक्रमणबाट मुक्त हुने दर ७९.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९ सय ८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी कुल ६ हजार ९ सय ३९ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मकवानपुर । बागमती प्रदेशसभाको ८ औं अधिवेशन (बजेट अधिवेशन) बैठक आज बस्दै छ । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेश प्रमुखबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न प्रदेश सभाकाे बैठक आज बस्ने गरी गत जेठ १० गते आह्वान गरिएकाे थियाे। संविधान अनुसार असार १ गते भित्र प्रदेश सरकारले बजेट सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार बजेट अधिवेशन सुरू हुने भएकाे हाे ।
गत विहीबार बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकमा जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन सुरु गर्ने सहमति भएको हो । यस अघी बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेशसभाको आगामी बैठकमा प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको थियाे ।
यस अघी नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेशसभाको ८ औं अधिवेशन बैठकमा प्रतिपक्षको भूमिका सशक्त हुने बताएका थिए । उनले प्रदेशसभामा माओवादी केन्द्रले उठाएको विषयमा माग पुरा नगरेसम्म बैठक चल्न नदिने बताएका थिए ।
बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलले यस अघीकाे ७ औं अधिवेशन पटक–पटक विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिन भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिने र विद्युतीय सवारी खरिदको विस्तृत जानकारी संसदमा जानकारी गराउने सहमती भए पछी आज बस्ने प्रदेश सभा बैठक सूचारू हुने भएकाे हाे ।
बागमती प्रदेशसभाको ७ औं अधिवेशन प्रमुख प्रतिपक्ष दलकाे पटक पटककाे अवराेध पछी गत बैशाख ९ गते अन्त्य गरिएको थियो ।

मकवानपुर । सरकारले मकवानपुरको हेटौँडामा रहेको मयुरधापमा निर्माणधिन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणनिधन औद्यौगिक क्षेत्रलाई दुई वर्षभित्र पुरा गर्ने बताएका छन् । उनले काठमाडाैंको बालाजुमा रहेको उद्योगहरु स्तान्तरण गरि मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने समेत निर्णय गरेको छ ।
सरकारले मकवानपुरगढी सहितका एेतिहासिक गढीहरुको संरक्षणको लागि बजेट विनियोजन गरेको छ । पुूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने सरकारले घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मकवानपुरकाे चित्रलाङमा इन्जिनियरिङ संकायकाे अध्ययनकाे लागि पूर्वाधार निर्माण गरिने बताएका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ स्थित हर्नामाडीमा निर्माणधिन खानेपानी आयोजना निर्माण र मर्मत संभारमा आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
मदन भण्डारी राजमार्गकाे चतरा–हेटौँडा सडकखण्डको बाँकी रहेको काम आगामी वर्ष सम्पन्न गरिने भएकाे । मकवानपुरमा पर्ने राष्ट्रिय निकुञ्जहरूकाे पुन रेखाङकन गरिने भएकाे छ ।
चित्लाङ थानकाेट सुरूङ मार्ग निर्माणकाे लागि विस्तृत यरियाेजना निर्माण गरी कार्य प्रारम्भ गरिने भएकाे छ ।
जनता आवास कार्यक्रम अन्तरगत अति विपन्नकाे लागि मकवानपुरमा निर्माणाधिन घरहरू आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएकाे छ ।
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को शुक्रबार विहानकाे बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
राष्ट्रपति भण्डारीले नेपालकाे संविधानकाे धारा ११४ काे उपधार १ बमाेजिम अध्यादेश जारी गरेकी हुन् ।
