मकवानपुर/ हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी ४३ वर्षीय दिनेश दाहालको स्वास्थ्य उपचारको लागि सहयोगको याचना गरिएको छ । क्यान्सरकाे कारण श्रीमती गुमाएकाे केही वर्षमै दिनेशलाइ नै स्वास्थ्य समस्या देखिएपछि उपचारमा आर्थिक समस्या परेकाे हाे ।
२ वर्षदेखि कलेजोको समस्याबाट पीडित दाहाल हाल हेटौंडाको सञ्चो हस्पिटलमा फलोअप गरिरहेका छन् । ‘नियमित उपचार कलेज अफ मेडिकल साइन्समा गराइरहेका थियौ, कोरोना महामारीको कारण जान सकिएन, अनि हेटौंडामै फलोअप गरिरहेका हौ, अवस्था धेरै नाजुक छ’ दिनेशकी बहिनी रीता दाहालले भनिन् ।
श्रीमतीको उपचारमा धेरै खर्च लागेको कारण नगद तथा जायजेथा सकेपछि बाहलमा बस्दै आएका उनी अहिले आफ्नो उपचारमा आर्थिक अभावकै कारण समस्या रहेको परिवार स्रोतले जनाएको छ । ‘भाउजुको जीवन बचाउनको लागि सबै खर्च गर्नुभयो, कमाउला भन्ने आँट दाइलाई थियो, भाउजुलाइ पनि बचाउन सकिएन २ वर्षदेखि दाइ नै बिरामी परेपछि वृद्ध आमा र साना साना २ सन्तानलाई भरण पोषणमा नै समस्या भयो’ बहिनी रीताले भनिन् ।
कलेजोसम्बन्धी समस्या (लिभर शिरोसिस) को कारण पेटमा पानी जमेर समस्या भएकोले तत्काल उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएको उनले बताइन् । ‘भाउजु गुमाएको चोट आलै, छ दाइको यो हालत भो, परिवारमा कमाउने र भरथेग गर्ने मान्छे कै यो अवस्था छ, मेरो दाइको जीवनको लागि सबैसँग मेरो अनुनय छ’ बहिनी रीताले सहीखबरसँग भनिन् ।
हालसम्म उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च भएको र अबको आर्थिक अवस्था नै कमजोर भएपछि सहयोग माग्नु भन्दा कुनै विकल्पै नरहेको परिवारका सदस्यले जनाएका छन् ।
पछिल्लो समय डाक्टरले उपचारका लागि ६ लाख रुपैयाँ लाग्ने जानकारी दिएको बताइएको छ ।
दाहाल प्रतिष्ठान मकवानपुरले दिनेशको उपचारको लागि अभियान सुरु गरेको छ । तर कोरोना महामारीको कारण अभियानमा सहज रुपले आर्थिक संकलन हुन नसकेको प्रतिष्ठान अध्यक्ष सिताराम दाहाले बताए ।
दाहाल प्रतिष्ठानको आजिवन सदस्य समेत रहेका दिनेश दाहालको उपचाररार्थ आर्थिक सहयोग गर्नको लागि प्रतिष्ठानले आग्रह गरेको छ । उनको उपचारको लागि Comeupwith100 अभियानबाट २५००० स्वीकृत भएको दाहाल प्रतिष्ठान बागमती प्रदेश अध्यक्ष शिवहरी दाहालले बताए । रकम अपुग भएपछि प्रतिष्ठान जिल्ला शाखाले अभियान चलाएका हो ।

‘हुन त संसार नै अहिले महामारीको चपेटामा छ, हामीले आफ्नो सामान्य खर्च कटाएर पनि कसैको ज्यान बचाउन सकिन्छ भने सबैलाई सहभागी भैदिन अनुरोध गर्दछु’ दाहाल प्रतिष्ठान जिल्ला शाखा मकवानपुर कोषाध्यक्ष तथा दिनेश दाहाल बचाउ अभियान उपसमिति संयोजक तुलसा तिमल्सिना दाहालले भनिन् ।
यस अभियान अन्तरगत हालसम्म Comeupwith100 अभियानसँगै दाहाल प्रतिष्ठान बागमती प्रदेश समिती, दाहाल बन्धुहरु कुमारमणि दाहाल, सिताराम दाहाल (ए), दिपक दाहाल, सरिता दाहाल, सिताराम दाहाल (बी) दुर्गा दाहाल, राजेश्वर दाहाल, बिष्णु दाहाल, तारानाथ दाहाल गुरौखोला, गोपाल दाहाल तथा सहयाेगी ईन्द्रप्रसाद सन्जेलबाट समेत गरी ४६ हजार संकलन भएको प्रतिष्ठानले जनाएको छ । सहयोगको लागि दाहाल प्रतिष्ठान मकवानपुर शाखाको खाता नम्बर 05-085-01577768-01-8 मा र इ–सेवाबाट 9855075600मा जम्मा गर्न सकिने छ । अथवा दिनेश दाहालको नाममा प्रभु बैंकको खाता नम्बर ०४६०१३३९७६९०००३१२ मा जम्मा गर्न सकिनेछ ।
3 Comments
Raj sah
Is he was drinking alcohol?
How does it happen?
Here same problem.
सहीखबर
s he was drinking sometime
Pingback: दिनेश दाहालको उपचारार्थ अमेरिका बस्दै आएका नेपालीद्वारा सहयोग | सही खबर