मकवानपुर । मकवानपुरमा थप १ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । काेराना संक्रमण निकाे हुनेमा १ सय ३९ जना होम आइसोलेसनबाट र १३ जना संस्थागत आइसोलेसबाट गरी १ सय ६२ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना संक्रमण निकाे हुनेकाे संख्या ६ हजार २ सय १५ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
यसैगरी मकवानपुरमा १ सय २ जनामा कोरोना पुष्टि भएको छ । अाइतबार २ सय १७ जनामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ५ सय ६२ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा २ की ३ वर्षीया र मनहरी ७ की ७७ वर्षीया महिला गरी थप २ जनाको मृत्यु भएको हा । दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालको कोभिड कक्षमा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।
यस्तै जिल्लामा आइतबारकाे दिनसम्म २ हजार २ सय ५७ जना सक्रिय संक्रमित हाेम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितमा २ हजार १ सय ३४ जना घर मा र १ सय २३ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।
देशभर ६ हजार २ सय ५ जना संक्रमणमुक्त
वितेकाे २४ घण्टामा देशभर ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभरका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९ सय ५५ पुगेको छ। कोरोना संक्रमणबाट मुक्त हुने दर ७९.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९ सय ८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी कुल ६ हजार ९ सय ३९ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।