मकवानपुर । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटि्टतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको छ । एसपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको छ ।त्यसै गरी निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको निगमले बताइ रहँदा गत असार ३० गते पनि मूल्य बढाएको थियो । त्यसअघि पनि छोटो अवधिमा मूल्य वृद्धि गरेको थियो ।
मकवानपुर । हेटौँडा अस्पतालको कोभिड इन्चार्जको जिम्मेवारी डाक्टर प्रशान्त बिडारीलाे पाएका छन् । मदन भण्डारी स्वासथ्य विज्ञान प्रतिष्ठान अन्तरगतकाे हेटाैडा अस्पतालमा सञ्चालनमा रहेको कोभिड एवं आइसियु इन्चार्ज डाक्टर सागर काफ्लेकाे ठाँउमा डाक्टर विडारीलाइ जिम्मेवारी दिइएकाे हाे ।
डाक्टर काफ्ले अध्ययनको शिलशिलामा जान लागेपछि डाक्टर बिडारीलाई जिम्मा दिईएको हो हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए ।
कन्सल्टेन्ट, एनेस्थेसिया तथा क्रिटिकल केयरको जिम्मेवारी बिडारीलाई जिम्मेवारी दिएसँगै कोभिडका विरामीको उपचार थप व्यवस्थित हुने विश्वास रहेकाे डाक्टर सापकोटाले बताए ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरकाे प्रवक्तामा बिशभ अधिकारी चयन भएका छन् । राप्रपा मकवानपुरको साेमबारकाे जिल्ला कार्यसमितिको बैठकले जिल्ला कार्यसमिति सदस्य अधिकारीलाई प्रवक्ता चयन गरेको हाे ।
राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई प्रवक्ता चयन गर्दै समसामयिक राजनीतिक बिषयमा छलफल समेत गरेको । बैठकका प्रमुख अतिथि केन्द्रिय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारीले कांग्रेस कम्युनिस्ट दुबै असफल भएकोले पार्टीको बिचार नीति प्रबल हुदै आईरहेको हुँदा सम्पूर्ण पार्टीका कार्यकर्ताहरु उत्साहकासाथ संगठन निमार्णमा लाग्न जरूरी भएको बताए ।
यसैगरी राप्रपा जिल्ला कार्यसमितिको साेमबारकाे बैठकले १७ सदस्य सल्लाहकार समिति निर्माण गरेको छ । सल्लाहकार समितिमा शिवराम थापा, शिब रिजाल, रमेश श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, प्रकाश बहादुर सिंह, नन्दराम स्थापित, ईश्वर लाल श्रेष्ठ, शम्भु भण्डारी, शालिकराम लामिछाने, रमा राना, शिब प्रसाद ओझा, हरी कृष्ण डिसी, बिष्णु प्रसाद ढकाल, शेरबहादुर लामा, कमानस्रिह गोले, तिलक प्रसाद दुलाल, मान बहादुर नेगी, गिता सापकोटा चयन गरिएको राप्रपा मकवानपुर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।
हेटौंडामा गाईजात्रा पर्व मनाइयो
Tags: No Comments
मकवानपुर । नेवार समुदायकाे मुख्य पर्व गाईजात्रा हेटाैडामा पनि मनाइएकाे छ । नेपालमा प्रताप मल्लको पालादेखि चलनमा आएको मान्यता रहेकाे गाईजात्रा पर्व हेटौंडाका नेवार समूदायले मनाएका हुन । भदाै ७ गते सोमबार हेटौंडामा पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुदैं कान्तिराजपथ, बुद्धचोक, सिमाचोक हुदैं टिसिएन सानो भुटनदेवी मन्दिरमा पुगेर गाईजात्रा समापन गरिएको छ ।
यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ ।
नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट विभिन्न भेषभुषा धारण गरी मनाइने गरिन्छ । सोही अनुरुप हेटौंडामा सामूहिक रुपमा गाइजात्रा मनाइएको नेवाः गुठी खलका अध्यक्ष अनिल खड्गेले बताए । मानिस मर्नु पर्छ मरे आफ्नो धर्म संस्कृति अनुरुप तामाङले घेवा गरेजस्तै हामीले गाइजात्रा मनाउने गरेको बताउदैं सरकारले दिएको स्वास्थ्य मापदण्ड अनुरुप पर्व मनाइएको नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन पनि गराउने चलन छ ।
हेटाैडा लगायत नेवार समुदायकाे बाहुल्यता रहेकाे काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, पोखरा, तानसेनलगायत देशैभरका नेवार समुदायले यो पर्व मनाउने गरेका छन् ।
गाईजात्राकाे अवसरमा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएकाेमा संघीय सरकारले देशभरका नेवार समुदायलाई विदा दिएकाे छ भने बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सार्वजानिक विदा समेत दिएको छ ।
ब्लु डायमण्ड सोसाईटीको ‘गाईजात्रा’ कार्यक्रम
ब्लु डायमण्ड सोसाईटीले सोमबार हेटौँडामा गाईजात्रा कार्यक्रम गरेकाे छ । सोसाईटीले ‘राईट हियर राईट नाउ’को सहयोगमा हेटौँडा ११ सहिद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।

संस्थाले बिगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यसवर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको जनाएकाे छ।
कार्यक्रममा लैंगिक तथा अल्पसंख्यक समुदायका २५ जना सहभागीहरुले स्वास्थ्य मापदण्ड पालना गरी प्ले कार्ड सहित गाईजात्रा कार्यक्रम गरेका थिए ।
मकवानपुर । मकवानपुरमा हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ विमोचन गरिएकाे छ । मकवानपुरका व्यङग्य लेखक गाविन्द पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ भदाै ७ गते सोमबार गाईजात्राको अवसर पारेर विमोचन गरिएको हो ।
‘गिलासवाद’ पाैडेलकाे पहिलाे कृति हाे । साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा भएको गाईजात्रा विशेष कार्यक्रमकाे अवसरमा गिलासवाद लाेकार्पण गरिएकाे हाे । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले गिलासवादमाथि परिचर्चा तथा टिप्पणी गरेका थिए ।
सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका वरिष्ठ व्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सती’, तुलसी घिमीरे, मुक्ति गोविन्द वैद्य, देवराज खरेल, रमेशमोहन अधिकारी, माधव पोखरेल, सुवास खनाल, अनिता न्यौपाने, सीएम रिमाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सञ्चालन साहित्य सङ्गम मकवानपुरका सचिव डी बी बर्तौलाले गरेका थिए ।

