मकवानपुर । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटि्टतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको छ । एसपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको छ ।त्यसै गरी निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको निगमले बताइ रहँदा गत असार ३० गते पनि मूल्य बढाएको थियो । त्यसअघि पनि छोटो अवधिमा मूल्य वृद्धि गरेको थियो ।

