मकवानपुर । मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा छोड्न आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
पक्राउ १० जना मध्य १ जना बालक रहेकामा उनलाई अविभावकको जिम्मा लगाईएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । मकवानपुर प्रहरीले गत असोज ३ गते बकैया-११ मा गाई काटेको आरोपमा घटनास्थलबाट ५० केजी गाईको मासु सहित १० जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका थिए । प्रहरीले पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको थियो ।
मकवानपुर । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस, २०७८ का अवसरमा आइतबार हेटौंडामा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडाको कर्रा खोला किनारमा आज वृक्षारोपण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं.५ क्याम्पाडाँडास्थित कर्रा खोलाको किनारमा रहेको खाली स्थानमा अमला,आँप, कटहर लगायत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएकाे हाे ।
वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्की, मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, सामुदायीक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी, सामुदायीक उप सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कंडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधी, भद्रभलादमी र स्थानिय सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
यस्तै ६६ औ प्रहरी दिवसको अवसरमा माक्स बितरण गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको विभिन्न स्थानमा माक्स बितरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १० बुद्धचोक र हेटौडा–११ थानाभर्याङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “तपाईको माक्स खै ?” कार्यक्रममा माक्स वितरण गरिएकाे हाे । दुवै स्थानमा गरी माक्स २ हजार ६ सय ५० थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । साथै, सवारी साधनहरुमा जनचेतनामुलक पर्चा २ सय थान र स्टिकर ७ सय थान समेत टाँस गरिएको रिमालले बताए ।

मकवानपुर । हेटौँडामा असोज २१ गते‘हेटौँडा रन’हुने भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ (दौड प्रतियाेगिता) हुने भएको हो ।
हेटौँडाका नागरिकले सहभागिता जनाउन सक्ने दौड प्रतियोगिताको लागि आवेदन फर्म खुल्ला गरिएकाे आइतबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
फर्म हेटौाडा उपनगरपलिकाबाट निशुल्क वितरण हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष शाहीले बताए । यसैगरी प्रतियोगिताको दोश्रो हुनेले १० हजार तथा तेश्रो हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
‘हेटौँडा रन’ (दौड प्रतियाेगिता) ६ किलोमिटरको हुने तथा प्रतियोगिताको रुट ब्यवस्थापन भैसकेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको पञ्चवर्षीय रणनीतिक योजना–२०७८ पारित गर्दै २० औं साधारण सभा सम्पन्न भएकाे छ । चालु आर्थिक वर्षबाट सुरु भएर आर्थिक वर्ष २०८२-८३ सम्म पञ्चवर्षीय रणनीतिक योजना लागू हुने शनिबार भएकाे २० औं वार्षिक साधारणसभा जानकारी गराइएकाे हाे ।
असोज १० गतेदेखि सुरु भएको साधारणसभाको समापनकाे अवसरमा अध्यक्ष अध्यक्ष जानकी चौधरीले पञ्चवर्षीय योजनाको साधारणसभामा प्रस्तुत गर्दै सहकारीले योजनाको अन्त्यसम्ममा सेयर सदस्य संख्यामा दोब्बर भन्दा बढी वृद्धि गर्ने लक्ष्य लिएको बताईन । हाल ३ हजार १ सय ६४ जना सेयर सदस्य रहेको सहकारीले पञ्चवर्षीय योजनाको समाप्तिको अवधिमा ७ हजार सेयर सदस्य बनाउने लक्ष्य लिएको छ ।
पञ्चवर्षीय योजनाको समाप्तिको अवधिमा सहकारीको सेयर पुँजी ५ करोड ५९ लाख रुपैयाँ, बचत संकलन ८२ करोड १७ लाख रुपैयाँ र ऋण लगानी ७६ करोड ७३ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेकाे अध्यक्ष चौधरीले जानकारी दिईन । सहकारीले पञ्चवर्षीय रणनीतिक योजनाको समाप्तिसम्ममा मुख्य कार्यालयसहित ११ वटा सेवाकेन्द्रबाट सेवा प्रदान गर्ने, शनिबार र सार्वजनिक विदाको दिनमा पनि सेवा सुचारु राख्ने लक्ष्य लिएको छ ।
सहकारीको आयोजनामा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता, निशूल्क स्वास्थ्य शिविर, महिला अधिकारसम्बन्धी गोष्ठी, कोभिड–१९ महामारीको अवधिमा ऋणीलाई व्याज छुटलगायतका कार्य गरिएको अध्यक्ष चौधरीले बताईन् ।
सञ्जीवनीले साधारणसभाको अवसरमा असल बचतकर्ता, ऋणी, बालबचतकर्ता, अधिकतम् बचतकर्ता, उत्कृष्ट कर्मचारी, विद्यार्थीलाई सम्मान गरेको छ । साधारणसभाको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा सदस्य सरस्वती दाहाल, भगवती विश्वकर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी उपाध्यक्ष मीना चौरेल, सहकारीका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाल, निवर्तमान अध्यक्ष रणबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहनगरपालिका वडा नम्बर १० राप्तिरोडमा संचालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले ताला लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो ।
संचालकले कर्मचारीको आवशयक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको बताईएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।