मकवानपुर । हेटौँडामा असोज २१ गते‘हेटौँडा रन’हुने भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ (दौड प्रतियाेगिता) हुने भएको हो ।
हेटौँडाका नागरिकले सहभागिता जनाउन सक्ने दौड प्रतियोगिताको लागि आवेदन फर्म खुल्ला गरिएकाे आइतबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
फर्म हेटौाडा उपनगरपलिकाबाट निशुल्क वितरण हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष शाहीले बताए । यसैगरी प्रतियोगिताको दोश्रो हुनेले १० हजार तथा तेश्रो हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
‘हेटौँडा रन’ (दौड प्रतियाेगिता) ६ किलोमिटरको हुने तथा प्रतियोगिताको रुट ब्यवस्थापन भैसकेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

