स्वरुपा गुरागाईं/ सिद्धर्थ मावि हेटाैंडा, कक्षा-५
कोराना भाइरस एउटा प्रकोप हो । यो सरुवा रोग हो । यो रोग सन् २०१९ मा फैलिएको थियो । पहिले यो प्रकोप चिनबाट विश्वको अरु अरु देशमा फैलियो । साथै नेपालमा पनि आयो । सुरु सूरुमा मानिसहरुलाई यो संक्रमणका बारेमा थाहा थिएन । यसले गर्दा मानिसहरु एकापसमा भिडभाड गरिनै रहे र संक्रमण सजिलैले सबैतिर फैलियो ।

यो संक्रमणले गर्दा अस्पताललगायत स्वास्थ्यसंस्थाहरुमा बिरामीको चाप बढ्यो । बिरामी राख्ने स्थान र औषधिको पनि अपुग हुन थाल्यो । साथै उपचारमा पनि समस्या हुन थाल्यो । उपचारको लागि स्थान अभाव हुन थालेपछि सरकारले स्कुल कलेजहरुमा पनि अस्पतालको जस्तै व्यवस्था गर्न थाल्यो। त्यस अघि नै सरकारले संक्रमण नियन्त्रणमा लिनको लागि स्कुल कलेजहरु बन्द गरिसकेको थियो।
त्यसैले खालि रहेका स्कुलहरुलाई अस्पताल अथवा आइसोलेशन, क्वारेण्टाइनहरु बनाउन सजिलो भयो । सन् २०१९ को अन्तिमतिर फैलिएको यो रोग यति गर्दा पनि संक्रमण फैलने दरमा कमी आएन ।
सरकारले जहाँ भिडभाड हुन्छ बन्दको घोषणा ग¥यो । जस्तै स्कुल, कलेज, बढी भिडहुने सरकारी कार्यालयहरु बन्द गरिसेको थियो । पछि देशभरी नै लकडाउन ग¥यो । संक्रमण महामारीको रुपमा नफैलियोस् भनेर सरकारले विदेशबाट नेपाल र नेपालबाट विदेश जान आउन नमिल्ने भनेर विमान उडानहरु समेत बन्द गरेको थियो । विदेशबाट आपतकालीन अवस्थामा आएका नेपालीहरुलाई पनि अनिवार्य रुपमा ७ दिन क्वारेण्टाइनमा बस्नै पर्ने र त्यसपछि मात्रै परिवारको सम्पर्कमा जान मिल्ने गरी मापदण्ड बनायो ।
यो रोगको कारण बिरामी पर्दा धेरै धनको नोक्सानी भयो, कतिले त ज्यान गुमाए । धेरै बालबालिकाहरुले आफ्नो अभिभावकहरु गुमाए । आमा बुबा तथा परिवारका सदस्यहरु कोरोना संक्रमणको कारण गुमाउनु परेपछि हामी जस्ता बालबालिकाहरुलाई अब कसले माया गर्ला, कसले आवश्यक हेरचाह गर्ला ? त्यसैले बेलैमा सचेत हुनु पर्ने थियो । अब पछुतो मात्रै बाँकी छ ।
कोरोना संक्रमणको कारण हामीले धेरै कुराहरु गुमायौ । धेरै नियमित कामहरुमा बाधा सिर्जना भए। हामीले नियमित रुपमा स्कुल गएर पढ्न पाएनौ । साथीहरुसँग खेल्न पाएनौ । गुरुआमा गुरुबासँग नयाँ कुरा सिक्न पाएनौ ।
संक्रमणकै कारण मानिसहरुले ज्यान समेत गुमाए पनि । किनकी सुरुसुरुमा यो संक्रण के हो, उपचार कसरी गर्ने, कसरी रोगै लाग्न नदिने भन्ने बारे जानकारी बारे स्वास्थ्यकर्मीहरुलाई समेत अन्यौलता थियो । हामी बालबालिकाहरुले झन् कसरी थाहा पाउनु । संक्रमणको कारण मानिसहरु मर्न थाल्दा पनि मानिसहरुले यसबाट बच्न खासै चासो नलिने र बेवास्ता गर्ने क्रम जारी नै रह्यो, अझै पनि बेवास्ता गर्ने क्रम उस्तै छ ।
यो रोगको कारण बिरामी पर्दा धेरै धनको नोक्सानी भयो, कतिले त ज्यान गुमाए । धेरै बालबालिकाहरुले आफ्नो अभिभावकहरु गुमाए । आमा बुबा तथा परिवारका सदस्यहरु कोरोना संक्रमणको कारण गुमाउनु परेपछि हामी जस्ता बालबालिकाहरुलाई अब कसले माया गर्ला, कसले आवश्यक हेरचाह गर्ला रु त्यसैले बेलैमा सचेत हुनु पर्ने थियो । अब पछुतो मात्रै बाँकी छ ।
सबै कुराको बेफाइदा मात्रै हुन्छ भन्ने छैन । कोरोना संक्रमणको कारण हामीले धेरै कुरा अवसरको रुपमा पनि पाएका छौ । जस्तै घरै बसेर नयाँ नयाँ कुरा सिक्न पाएका छौ, स्वास्थ्य सम्बन्धी नयाँ नयाँ जानकारी पाएका छौ, त्यसअघि अनलाईन कक्षाको बारेमा सुनेकै थिएनौ अब, अनलाइन कक्षा हाम्रो लागि सहज मात्रै हैन प्रभावकारी पनि रहेछ भन्ने बुझ्न पाएका छौ ।
पहिले मानिसहरु गाउँलाई बेवास्ता गर्दथे, सबै शहरमा बस्न रुचाउँथे । अब यो संक्रमण फैलिन थालेपछि मान्छेले गाउँलाई पनि माया गर्न थालेका छन् । मलाई गाउँ मन पर्छ । अहिले सबैले गाउँ मन पराएको देख्दा म त खुसी छु । संक्रमणको कारण हामीले धेरै समय अभिभावकसँग बस्न पाएका छौ । नैतिक शिक्षा लिने र परम्परागत कामहरु सिक्ने अवसर पाएका छौ ।
मेरो सन्देश
अब हामीले कोरोना भनेको ज्यानै लिनसक्ने महामारी हो भन्ने बुझेका छौ । अब यसबाट बच्नको लागि मैले जानेको केही सन्देश यहाँहरु माझ राख्न चाहन्छु:
- संक्रमणबाट बच्न कम्तिमा २ मिटरको दुरीमै रोकिएर एकापसमा कुराकानी/काम गर्नुपर्छ ।
- अनावश्यक रुपमा घरबाहीर निस्कनु हुँदैन र निस्कनै परेमा घरबाहिर निस्कदा मास्कको प्रयोग गर्नुपर्छ ।
- सरसफाइमा विशेष ध्यान दिनुपर्छ । समय समयमा साबुन पानीले कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुनुपर्छ वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।
- मेरा प्यारा साथीहरु, तपाईहरु जथाभावि घरबाहिर ननिस्कनु होस् ल । यो समयमा हामी परीक्षाको तयारी गर्न सक्छौ । मोवाइलमा धेरै समय खेर नफालौं । यो समयलाई हामीले अरु कुराले पनि सदुपयो गर्न सक्छौ । जस्तै कथा कविता गित लेखेर, परिवारको सदस्यहरुसँग खेलेर रमाएर,चित्र बनाएर ।
- आदरणीय अभिभावक ज्यूहरु तपाईहरुसँग पनि मेरो विनम्र अनुरोध छः हजुरहरु पनि आफ्नो नानी बाबुहरुसँग खेल्ने, उनीहरुसँग समय बिताउने, गित, कविता, कथा लेख्न सहयोग गर्ने गर्नुहोस्, यसो गर्दा हामीलाई पनि नयाँ कुरा सिक्न जाँगर लाग्छा, घरमा बस्दा दिक्क लाग्दैन । अनि हजुरहरु पनि संक्रमणबाट बच्न सचेत रहनु होला । हामी बालबालिकाहरुको भविष्य उज्यालो बनाउनको लागि हजुरहरुको साथ सधैं आवश्यक छ, हामीलाई माया गर्नुहोस्, हामीलाई माया गर्न हजुरहरु स्वस्थ्य रहनु प-यो नि हैन त ?
बाल मञ्च स्तम्भ बालबालिकाको लागि हो । नानी बाबुहरुले लेख्नु भएको कुनै पनि विधाको रचना वा कोर्नु भएको चित्रहरु यस स्तम्भमा प्रकाशन गरीने छ –सम्पादक ।
स्वरुपाकाे अन्य रचना
कलम (बाल कविता)
https://saheekhabar.com/2020/10/08/4586/
मेराे प्याराे सानो भाई (बाल कविता)
https://saheekhabar.com/2020/09/20/4168/
मकवानपुर । मकवानपुरमा पछिल्लाे २४ घण्टामा १ सय ८१ जना काेराेना संक्रमित थपिएका छन् । देशै भर काेराना संक्रमितकाे संख्या बढेसँगै मकवानपुरमा पनि संक्रमितकाे संख्या पछिल्लाे समय बढ्नेक्रममा रहेकाे छ । हाल मकवानपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको हो ।
गएकाे २४ घण्टामा १ सय ८९ जनाको पीसीआर र ७१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा क्रमशः १ सय ३३ जना र ४८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका लक्ष्मण घिमिरेले जानकारी दिए । बुधबार मकवानपुरमा २ सय ४६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये ९ जना अस्पतालमा र १ हजार २ सय ५९ जना घरमै उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ सय ३६ जना रहेका छन् । त्यस्तै मनहरी गाउँपालिकाका २२ जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना, थाहा नगरपालिकाका ७ जना, बकैंया गाउँपालिकाका ६ जना, भिमफेदी र कैलाश गाउँपालिका एक–एक जना रहेका छन् ।
सक्रिय संक्रमित सबैभन्दा हेटौंडा उपमहानगरमा ९ सय २६ जना, मनहरीमा १ सय ७२ जना, मकवानपुरगढीमा ७४ जना, थाहा नगरमा ४८ जना, बकैंयामा २७ जना, भिमफेदीमा १३ जना, कैलाशमा ६ जना, राक्सिराङ्ग र बागमतीमा एक–एक जना रहेका छन् । इन्द्रसरोबर गाउँपालिकामा भने संक्रमण शुन्य रहेको घिमिरेले बताए ।
गत २४ घण्टामा कोरोना संक्रमित ३ जना निको भएका छन । हालसम्म १५ हजार ३ सय ५९ जना कोरोना संक्रमित निको भएका छन् भने १ सय ७० जनाको संक्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोभिडविरुद्धको दुबै मात्रमा खोप लगाउने दुई लाख ४ सय ४ जना रहेको कार्यालय प्रमुख भीमसागर गुरागााईले जानकारी दिएका छन् ।

मकवानपुर । मकवानपुर प्रहरीले गाँजासहित १ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ बाट लागुऔषध गाँजा ४ किलोसहित राम बहादुर घलानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा घलानको घुम्ति पसलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा बरामद भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर / बागमती प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिब त्रीपुरारी बख्रेलले बिपत्तिमा परेका नागरिकको पीडालाई सम्बोधन गर्न सरकारले आवश्यक तयारी गरेको बताएका छन् ।
बिपद भएपछि मात्रै उद्वारमा लाग्ने परिपाटी राम्रो नभएको स्वीकार गर्दै प्रदेश सरकारले गत असारमा विपद पूर्वतयारीको लागि ४ वटा समिति बनाएको बताए । प्रकोप पुर्व तयारी बारे बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उक्त समितिले उप समिति मार्फत विपतपूर्व नै गर्नुपर्ने तयारी बारे मस्यौदा बनाई समितिमा बुझाइसकेको बख्रेलले बताए । “अब उक्त मस्यौदा समितिले सरकारलाई हस्तान्तरण गर्ने चरणमा छ” सचिब बख्रेलले भने । विपत पूर्व तयारीमा बागमती प्रदेशको प्रदेश सभा सांसदहरूको भूमिका बढाउन पहल गरिएको तर, काम प्रक्रियामा सुरू हुन बाँकी रहेको उनले बताए ।
विपदको पूर्वतयारी गर्न नीति निर्माण तहमा कागजि रूपमा धेरै राम्रो काम भएको भए पनि ती कामहरू व्यवहारमा नभएको सहभागीले बताएका छन् । युएसएआडीको आर्थिक सहयोगमा प्रकोप पुर्व तयारी सन्जालले आयोजना गरेको कार्यशालामा सहभागीले प्रकोपको बारेमा सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका थिए ।
हाल जिल्ला स्तरमा बिषगत समूहसँग सम्बन्धित कार्यालयले सम्बन्धित क्षेत्रमा काम गर्ने भनिएको भएपनि कार्यान्वयनमा छैन । विपत्ति आईपरेपछी मात्रै उद्वार तथा राहतमा लागिपर्दा क्षती बढी हुने, उचित सम्बोधन नहुने जस्ता समस्या हुने गरेको सहभागीले बताए ।
कार्यक्रममा प्रकोप पुर्व तयारी सन्जालका अध्यक्ष सुर्यबहादुर थापाले जोखिम न्यूनीकरण ऐन २०७४ कार्यान्वयन नभएको कारण पीडितलाई सही समयमा सही रुपमा सम्बोधन गर्न नसकिएको बताए । लामो संघर्षपछि ऐन बनेको भएपनि त्यो ऐन कार्यान्वयनमा ल्याउने पहल नै नभएको अध्यक्ष थापाले बताए । बनेको ऐन कार्यान्वयनमा ल्याउन स्थानीय स्तरको संघ संस्था, सरोकारवाला निकायहरूको खबरदारी आवश्यक भएको अध्यक्ष थापाले बताए । स्थानीय तहको सरकारले प्रकोप पूर्वतयारीको लागि स्रोत व्यक्ति तोकेको भए पनि चासो कम दिने गरेको उनले बताए ।
प्रकोप तथा विपत्ति कुनैपनि बेला कुनै पनि स्थान हुनसक्ने भएपनि यो बिषयलाई कम चासोमा राख्ने गरेको सहभागीले बताएका थिए ।
कार्यक्रममा स्रोत व्यक्ति राम गुरुङले सहजिकरण गरेका थिए । प्रदेश, जिल्ला र स्थानीय तहमा विपद व्यवस्थापन समिति बनेको भए पनि दीगो र सही समाधान नभएको गुरूङले बताए । विपदसंग लड्ने क्षेमता बढाउने, जोखिम बिरुद्ध पुर्वतयारी सधै हुनुपर्ने गुरुङले बताए । संघ, प्रदेश, जिल्ला, स्थानीय स्तरमा हुने समितिको संरचनागत व्यवस्था बारे उनले जानकारी गराएका थिए । तथ्यांक व्यवस्थापन नहुनाले विपद व्यवस्थापनको क्रममा अफ्ठ्याराहरू भोग्न परेको उनले बताए ।
कार्यक्रममा मकवानपुर, चितवन जिल्लाका गैरसरकारी संस्थाका प्रतिनिधिहरू सन्चारकर्मीहरू, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधिहरूलगायत सरोकारवालाहरूको सहभागीता रहेको सन्जालको कार्यक्रम संयोजक सन्वना देवकोटा केसीले बताइन् ।
मकवानपुर । हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै प्रतियोगिता स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने तयारी रहेको थियो । संघका महासचिव युनाल मल्लले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् ।
मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
