- स्वरुपा गुरागाईं, कक्षा ४
मेराे प्याराे भाई तिमी खेल्ने मसँग
मेराे प्याराे भाई तिमी पढ्ने मसँग
बेलाबेलामा उसै पनि रुन्छौ तिमी
कथाहरु मन लगाएर सुन्छौ तिमी ।।
खेल्न मनपर्छ तिमीलाई भुत-भुत
आमा भन्नुहुन्छ: ज्ञानी भई समयमै सुत
निद्रा नपुगि उठे तिमी धेरै रिसाउँछौ,
मसँग खेल्न पाए छिन मै खुसाउँछौ ।।
मनपर्छ तिमीलाई खान चिनी र दही
दाल भात मन पराउँदैनौ किन होला खै,
तीन वर्ष पुग्यौ तिमी मेरो प्याराे सानो भाई
जन्मदिनको अवसरमा शुभाकामना है ।।
- रचना मितिः २०७७ असाेज २ गते