- स्वरुपा गुरागाईं , कक्षा ४
हुनत सानो छ मेरो कलम
तर गर्छ यसले ठुला काम ।
कलमका टुप्पा हाम्रा औलाभन्दा साना
तर यसले लेख्छौ हामी वीरताका गाना ।।
कमलकै साहाराले ज्ञानका कुरा लेख्छौ,
पढी लेखि ठुलो भई संसार हामी देख्छौ ।
कमललाई माया गर्छु कमल मेरो साथी
कलमकै साथ पाए पुग्छु म माथि ।।
यही कलमबाट लेख्छु म थरी थरी
माया गर्छु यसलाई राख्छु जतन गरी ।
हुन त सानो छ मेरो कमल
तर गर्छ यसले ठुला काम ।।