मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
बकैया ८ को अन्तिम मतपरिणाम अनुसार माओवादीका विष्णु नेगी ६ सय ३३ मत प्राप्त गरि विजयी भएका हुन् उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिद्धि मन घलानलाई पराजित गर्दै विजयी बनेका हुन् । कांग्रेसका घलानले ५ सय ८२ मत प्राप्त गरे भने एमालेका राम बहादुर गोलेले ५ सत २३ मत ल्याएका छन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामाले आफ्नो मत अन्तान्तर लम्ब्याउंदै लगेकी छिन् ।
बिहान १ मतको अन्तरमा रहेकी लामाले अहिले १९० मत अन्तर बनाएकी छिन् । हेटौंडाको १३ हजार ४९५ मत गन्दा लामाले ४ हजार १३५ मत प्राप्त गरेकी छन् ।
केही मय अघिसम्म पहिलो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंह दोश्रो स्थानमा झरेका छन् । उनले ३ हजार ९४५ मत प्राप्त गर्दा एमालेका अनन्तप्रसाद पौडेलले ३ हजार ५५२ मत प्राप्त गरेका छन् ।
हेटौँडामा हालसम्म वडा नम्बर १ र १९ को मतगणना सकिएको छ । जसमा वडा नंबर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने तथा वडा नंबर १९ मा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भएका छन् । हाल वडा नम्बर २, ३, ४, १७ को मतगणना जारी छ । वडा ४ को मत गन्दै गर्दा वडामा भने एमालेका पौडेलले अग्रता लिएका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ मा एमालेका वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विजयी भएका छन् ।
केहिबेर अघि आएको मतगणनाको नजिता अनुसार सुवेदीले १ हजार ४२३ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका राम कुमार थापाले १ हजार २सय २ मत ल्याए । यसैगरि,वडा अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रकाश लामा थोकरले ९ सय ६३ मत ल्याए ।
यसैगरि,हेटौंडा १९ को वडासदस्य पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार (बिहान) करिब ३ बजेको समयमा बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित मतगणना स्थलमा अनाधिकृत रुपमा प्रवेश गरेका बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी अनाधिकृत रुपमा मतगणना स्थलमा पुगेर होहल्ला गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
‘मापसे गरी अनाधिकृत रुपमा मतगणना स्थलमा पुगेर होहल्ला गरेपछि हामीले पक्राउ गर्यौँ।’ मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले भने । बानियाँ अहिले पनि थुनामै छन् । उनीमाथि मुद्धा चलाउन पनि सकिने एसपी गुरुङले जानकारी दिए ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँका भाइ हुन् । ईन्द्र बानियाँ गृहराज्यमन्त्री हुँदा शैलेन्द्र स्वकीय सचिव थिए ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेद्बार लोक बहादुर मोक्तान अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बालकुमार मल्ल बिजयी भएका छन् ।
नेकपा एमालेका नरेन्द्र लाल रिजाललाई पछि पार्दै मोक्तानले गाउँपालिका अध्यक्ष जितेका हुन् । लोक बहादुरले ४ हजार ८९७ मत पाउँदा रिजालले ४ हजार ९३ मत पाएका थिए । एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका टंक मोक्तानले जम्म १२० मत पाएका थिए भने राप्रपाका सन्तबहादुर रुम्बाले २९८ मत पाएका थिए ।
गाउँपालिका उपाध्यक्षमा माओवादीका बालकुमार मल्ल ४ हजार ८८ मत सहित विजयी भएका छन् पालिका एमालेबाट उपाध्यक्षको उम्मेदवार सुकुमाया थिई र राप्रपाको उम्मेदवार पार्वती लामाले क्रमशः ३ हजार ९३७ र २५१ मत पाएका थिए ।
गाउँपालिकामा १४ हजार ५८६ मतदाता रहेकोमा १० हजार ८६५ मत खसेको थियो ।
