मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेद्बार लोक बहादुर मोक्तान अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बालकुमार मल्ल बिजयी भएका छन् ।
नेकपा एमालेका नरेन्द्र लाल रिजाललाई पछि पार्दै मोक्तानले गाउँपालिका अध्यक्ष जितेका हुन् । लोक बहादुरले ४ हजार ८९७ मत पाउँदा रिजालले ४ हजार ९३ मत पाएका थिए । एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका टंक मोक्तानले जम्म १२० मत पाएका थिए भने राप्रपाका सन्तबहादुर रुम्बाले २९८ मत पाएका थिए ।
गाउँपालिका उपाध्यक्षमा माओवादीका बालकुमार मल्ल ४ हजार ८८ मत सहित विजयी भएका छन् पालिका एमालेबाट उपाध्यक्षको उम्मेदवार सुकुमाया थिई र राप्रपाको उम्मेदवार पार्वती लामाले क्रमशः ३ हजार ९३७ र २५१ मत पाएका थिए ।
गाउँपालिकामा १४ हजार ५८६ मतदाता रहेकोमा १० हजार ८६५ मत खसेको थियो ।

