मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामाले आफ्नो मत अन्तान्तर लम्ब्याउंदै लगेकी छिन् ।
बिहान १ मतको अन्तरमा रहेकी लामाले अहिले १९० मत अन्तर बनाएकी छिन् । हेटौंडाको १३ हजार ४९५ मत गन्दा लामाले ४ हजार १३५ मत प्राप्त गरेकी छन् ।
केही मय अघिसम्म पहिलो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंह दोश्रो स्थानमा झरेका छन् । उनले ३ हजार ९४५ मत प्राप्त गर्दा एमालेका अनन्तप्रसाद पौडेलले ३ हजार ५५२ मत प्राप्त गरेका छन् ।
हेटौँडामा हालसम्म वडा नम्बर १ र १९ को मतगणना सकिएको छ । जसमा वडा नंबर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने तथा वडा नंबर १९ मा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भएका छन् । हाल वडा नम्बर २, ३, ४, १७ को मतगणना जारी छ । वडा ४ को मत गन्दै गर्दा वडामा भने एमालेका पौडेलले अग्रता लिएका छन् ।

