मकवानपुर । स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपको आजबाट हेटौंडामा हुने भएको छ । आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन् ।
मकवानपुर फुटबल संघको आयोजनामा हुने स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।
मकवानपुरको हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । बागमती प्रदेशसभाको बुधबारकाे बैठकमा नीति तथा कार्यक्रम माथि छलफल सुरु भएकाे छ । गत जेठ १६ गतेकाे बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारकाे आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा बुधबार अपराह्न बसेको प्रदेशसभा बैठकमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दल गरी २० जना प्रदेश सांसदहरुले नीति तथा कार्यक्रमका सम्बन्धमा धारणा राखेका थिए । सत्तारुढ दल नेकपा एकीकृत समाजावादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका संसद्हरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताए ।
सत्ता पक्षिय सांसदहरुले विगत ४ वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए । यस्तै, प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा सम्बन्धमा बाेल्नु हुँदै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए ।
उनीहरुले सरकार आफ्ना कार्यकर्ता पोस्न ऐन विपरितका योजनाहरु ल्याउन सक्रिय रहेको आरोप लगाए । विगतमा जस्तै सरकारले ऐन विपरित चुनावी एजेण्डाका रुपमा टुक्रे योजनाहरु ल्याउने प्रकृतिको नीति तथा कार्यक्रम ल्याएको बताए । बागमती प्रदेशका पहिलाे मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताएका छन् । नीति तथा कार्यक्रम सम्बन्धमा प्रदेश सभामा बाेल्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्पिपञ्जर जस्तो मात्रै भएको बताएका हुन् ।
प्रतिपक्ष सांसदहरुले कृषि क्षेत्रको विकास यन्त्रिकरणले मात्र सम्भव नरहेकाले आधुनिकीकरण र प्रविधिकरण गर्न जरुरी रहेकोले कम जमिनको प्रयोग गरेर बढी उत्पादन गर्न तर्फ सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिएका थिए । नीति तथा कार्यक्रममाथिकाे छलफल संसदमा विहीबार पनि जारी रहने प्रदेश सभा सचिवालयले जनाकारी दिएकाे छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेशसभाको अर्को बैठक विहीबार बिहान ८ बजे बस्नेछ ।
मकवानपुर / मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराति लागु पदार्थ नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फइरीङ गरेको छ ।
लागु पदार्थ विक्रीवितरण भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिने क्रममा हवाइफायरीङ गरेको हो । ड्युटीमा खटिएको प्रहरी माथी नै आक्रमण भएपछि आफूहरुले फायरीङ गर्न परेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई ह्यान्ड नकले आक्रमण गरेपछि प्रहरीले आफ्नो सुरक्षाकोलागि पेस्तोलले एक राउन्ड हवाई फाईरीङ गरेको बताइएको छ । लागु पदार्थसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–३ बस्ने ३४ वर्षिय रवि घलान र सोहि स्थानमा बस्ने ३० वर्षिय विनोद बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागू औषध वानरेक्स ३४ पिस फेलापारी बरामत गरेको छ । लागु पदार्थसहित नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मकवानपुर । हेटौंडामा बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो ।
बसकाे ठक्करबाट मृत्यु हुनेमा अन्दाजी ३०–३५ वर्षकाे पुरुष रहेकाे तथा मृतककाे सनाखत हुन नसकेको मकवानपुर प्रहरीले जनाएकाे छ । पूर्वबाट आउँदैगरेको बागमती प्रदेश ०३–००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान ३ बजेर ३० मिनेटको समयमा पैदल यात्रीलाई ठक्कर दिएको थियो । बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशलाई प्रविधीसँग जोड्दै प्रदेशलाई डिजिटल बनाउने अभियानमा सरकार रहेको बताएका छन् ।
हेटौंडामा आयोजित डिजिटल बागमती सम्बन्धि आन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले डिजिटल बागमती बनाउँने अभियानलाई समेटेको बताए ।
नीती तथा कार्यक्रम सँगै बजेटमा पनि डिजिटल बागमतीको बिषयलाई समेट्ने बताए । उनले प्रबिधीको बिकासबाट समाजमा सकारात्मक परिवर्तन आउँनेमा सरकार स्पष्ट रहेको बताए । कार्यक्रममा सरकारले ल्याएको निती तथा कार्यक्रममा प्रबिधीसँग जोडिएको सबै बिषय मुख्यमन्त्री पाण्डेले जानकारी गराएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाले डिजिटल हुने चाहना जबसम्म मानिसमा हुँदैन तबसम्म परिवर्तन असम्भब भएको बताइन् ।
‘डिजिटल बागमती’ सम्बन्धी कार्यक्रममा प्रबिधीसँग जोडिने चाहना र भावना नभएसँम्म समाज अघि बढ्न नसक्ने बताइन् । समाजले प्राबिधीक परिवर्तनलाई आत्मसाथ गर्दै सिक्ने चाहना नराखेसम्म बिकासमा समस्या आउने बताइन् ।
नगरलाई प्रबिधी मैत्री बनाउँनका लागि अहिले पनि बिद्युतको समस्या रहेको बताइन् । उपमहानगरका सबै वडालाई प्रबिधीमैत्री बनाउने प्रयत्न भएपनि यहाँ बिद्युतको समस्या रहेको उनको भनाइ थियो । बिद्युतको समस्या टरेसँगै प्रबिधीको पाटोमो अघि बढ्ने मेयर लामाले प्रतिवद्धता जनाइन् ।
नगरलाई समृद्ध र सवल बनाउने काममा कुनै कसर बाँकि नराख्ने भन्दै मेयर लामाले उपमहानगरमा सुशासन र पारदर्शिताको साथ काम गर्ने बताइन् । नागरीकलाई सचेत पार्दै जनताको आधारभुत आवश्यकता पुर्तिका लागि सचेत रहेको बताइन् । लिभिङ्ग विथ आइसिटिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनाल, प्रदेश योजना आयोगका सदस्य प्रल्हाद लामिछानेलगाएतको आतिथ्यता रहेको थियो ।
