मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले ३ जनालाई सम्मान गरेको छ । शनिबार रोटरीले मकवानपुरमा जन्मिएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका ३ जनालाई भोकेस्नल एक्सिलेन्स अवार्ड तथा नगद २५ हजार मार्फत सम्मान गरेको हो ।
रोटरीले शनिबार आयोजना गरेको कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उनीहरुलाई सम्मान गरेका हुन । कोभिड १९ का कारण प्रदान गर्न नसकिएका अवार्डहरु पनि आजै प्रदान गरिएको छ ।
सम्मानित हुनेमा मकवानपुरमा जन्मिएका न्युरो सर्जन डा. गोपालरमण शर्मा भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट, एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा भोकेस्नल एक्सिलेन्स अवार्ड २०२१ बाट र २०२२ को मुटुरोग विशेषज्ञ प्रा.डा प्रेमराज वैद्य भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट रहेका छ्न । डा. वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनी नेपाल हर्ट फाउन्डेसनका प्रमुख हुन् ।
सम्मान कार्यक्रममा मुख्यमन्त्री पाण्डेले रोटरीले स्वास्थ्य र शिक्षामा सेवा प्रवाह गर्दै आइरहेको प्रति धन्यवाद दिदैं प्रदेश सरकारले हेटौंडा अस्पताललाई चाहिने इकुमेन्ट खरिद गर्ने बताए । त्यसका लागि आवश्यक प्राविधिक सहयोगमा सम्मानित व्यक्तित्व जस्ता प्राध्यापक डाक्टरहरुको सहयोग चाहिन्छ उनले भने । उनले हेटौंडामा किड्नी प्लान्ट सेवा सुरु गरिने र मध्ये नेपालको हवको रुपमा हेटौंडालाई विकास गरिने बताए ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रा. बसन्त विडारी लगायत वडा अध्यक्ष, रोटरीका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
हेटौंडामा एपीएफ र फ्रेन्डस क्लबको भिडन्त
Tags: No Comments
मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तर्गत आज शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब,काठमाडौं र फ्रेन्डस क्लब ललितपुर भिड्दै छन् ।
हेटौंडा-५ को पिप्लेक्याम्पा रंगशालामा जारी खेल शनिबार अपरान्न ४ बजे सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज काठमाडौ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
बाल हेल्पलाइन मकवानपुर संयाेजक झविन्द्र ज्ञवालीले मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाइएका हुन् । प्रदेश सरकारको कानून, नीति तथा कार्यक्रम बालमैत्री बनाउन दबाब दिने उद्देश्यले ध्यानाकर्षण बुझाइएकाे संयोजक ज्ञवालीले बताए। देशका ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम अन्तर्गत् बुझाइएकाे ध्यानाकर्षणमा प्रदेश सरकारका नीति र कानूनहरुले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने धारणालाई स्वीकार गर्नुपर्ने रहेकाे ज्ञवालीले बताए ।
बालबालिका तथा किशोरीमाथि भौतिकरुपमा वा विभिन्न अनलाइनमार्फत् हुने गरेका यौनजन्य शोषण र अपराधलाई सम्बोधन गर्नेगरी आवश्यक नीति एवम् एकीकृत बाल संरक्षण प्रणालीको विकास र क्रियाशीलताको व्यवस्थालगायतका विषयमा ध्यानाकर्षण गरिएको छ । विगत ५ बर्षदेखि बालबालिकाको क्षेत्रमा २ प्रतिशतमात्र बजेट विनियोजन हुँदै आएको भन्दै बालबालिकाको क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन हुनुपर्ने सिविनको माग रहेको ज्ञवालीले बताए ।
मुख्यमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा स्थानीय र प्रदेश सरकारसम्बन्धी १० बुँदे माग रहेको संयोजक ज्ञवालीले जानकारी दिए । बाल अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गर्ने नेपालको संविधान २०७२ का प्रावधानहरु एवम् बालबालिकासम्बन्धी ऐेन २०७५ र नियमावली २०७८ ले तय गरेका कानुनी प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण मार्फत माग गरिएको छ । बालअधिकार समिति, बालहेल्पलाइन १०९८ लगायतका संरचनागत प्रबन्धहरु अनुरुप आवश्यक नीति, कार्यविधि, कार्यक्रम र बजेटको व्यवस्था हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
नेपाल सरकारले नीति, रणनीति, गुरुयोजना, योजना, कार्यक्रम आदि मार्फत् विभिन्न समयमा जारी गरेका बालबालिकासम्बन्धी प्रतिबद्धताहरुको कार्यान्वयन हुनुपर्ने माग रहेको छ । सडकमा आश्रित, अभिभावकविहीन, हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन, बालविवाह, मानसिक समस्याको जोखिममा रहेका बालबालिकाको उचित संरक्षण, पुनस्र्थापना, विकास, सीप, शिक्षा र परिवारको जीविकोपार्जनका विषयलाई सम्बोधन गर्ने विशेष योजना र कार्यक्रम समावेश हुनुपर्ने ध्यानाकर्षणमा जनाइएको छ ।
मकवानपुर । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टोल बिकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटाैडा बजार क्षेत्रमा सरसफाइ गरेकाे छ ।
५० औं बिश्व बाताबरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार हेटौंडा १० स्थित बसपार्क र बजार क्षेत्रमा सरसफाइ आयोजना गरिएको हाे । सरसफाइ कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सुरुवात गरेका थिए । टोल बिकास संस्थाहरुले हेटौंडा नगरीलाई हरित नगरी बनाउने अभियान अन्तर्गत हरेक हप्ता विभिन्न टोलहरुमा सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यसैगरी हरेक बर्षको विश्व बाताबरण दिवशको अबसरमा सप्ताहब्यापी रुपमा बिशेष सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको टोल बिकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीले बताए । अध्यक्ष अधिकारीकाे अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा दाेर्जे तमाङ, हेटौंडा १० का जनप्रतिनिधिहरु, हेटौंडा उपमहानगरपालिका बाताबरण शाखा प्रमुख शान्ती बिक, हेटौंडा ५ का वडा सदस्य ज्ञान बहादुर थापा, टोल बिकास संस्था नगर समन्वय समितीका पदाधिकारी तथा सदस्यहरु तथा वडा समन्वय समितिका अध्यक्ष एवं पदाधिकारीहरु र टोलबासीहरुको उपस्थिति रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रमको छैठौं कार्यक्रमको रुपमा शनिबार बिहान बाताबरणमैत्री बृहत् साइकल र्यालीको आयोजना गरिएको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिए । “सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए ।
मकवानपुर । चर्च ब्वाइज क्लब काठमाडाैं जारी सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो ।
भरतपुरमाथि सहज जीत दर्ता गराउने क्रममा चर्च ब्वाइजका लागि आशिष चौधरीले २ र हेमन्त थापा मगरले १ गोल गरेका थिए । खेलमा दुई गोल गरेको आशिष म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीच प्रतिस्पर्धा हुनेछ ।
हिजोको खेलमा बिजयी हुंदै बारा सिमराको नव जनजागृति क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
