मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले ३ जनालाई सम्मान गरेको छ । शनिबार रोटरीले मकवानपुरमा जन्मिएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका ३ जनालाई भोकेस्नल एक्सिलेन्स अवार्ड तथा नगद २५ हजार मार्फत सम्मान गरेको हो ।
रोटरीले शनिबार आयोजना गरेको कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उनीहरुलाई सम्मान गरेका हुन । कोभिड १९ का कारण प्रदान गर्न नसकिएका अवार्डहरु पनि आजै प्रदान गरिएको छ ।
सम्मानित हुनेमा मकवानपुरमा जन्मिएका न्युरो सर्जन डा. गोपालरमण शर्मा भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट, एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा भोकेस्नल एक्सिलेन्स अवार्ड २०२१ बाट र २०२२ को मुटुरोग विशेषज्ञ प्रा.डा प्रेमराज वैद्य भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट रहेका छ्न । डा. वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनी नेपाल हर्ट फाउन्डेसनका प्रमुख हुन् ।
सम्मान कार्यक्रममा मुख्यमन्त्री पाण्डेले रोटरीले स्वास्थ्य र शिक्षामा सेवा प्रवाह गर्दै आइरहेको प्रति धन्यवाद दिदैं प्रदेश सरकारले हेटौंडा अस्पताललाई चाहिने इकुमेन्ट खरिद गर्ने बताए । त्यसका लागि आवश्यक प्राविधिक सहयोगमा सम्मानित व्यक्तित्व जस्ता प्राध्यापक डाक्टरहरुको सहयोग चाहिन्छ उनले भने । उनले हेटौंडामा किड्नी प्लान्ट सेवा सुरु गरिने र मध्ये नेपालको हवको रुपमा हेटौंडालाई विकास गरिने बताए ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रा. बसन्त विडारी लगायत वडा अध्यक्ष, रोटरीका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
In: मुख्य खबर, राष्ट्रिय, स्थानीय खबर/समाज
Tags: No Comments

