मकवानपुर । हाल मकवानपुर जिल्लाकाे अधिकाश भागमा बर्षा भइरहेकाे छ । बागमती प्रदेशमा सामान्य वदली रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मकवानपुरमा साेमबार साँझ परेकाे वर्षाकाे कारण त्रिभुवन राजपथ अवरुद्ध भएकाे छ । भिमफेदी १ काे बागझाेरा खाेलामा आएकाे बाढीकाे कारण यातायता अवरुद्ध भएकाे हाे
मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेकोले हाल प्रदेश १, मधेश प्रदेशमा समेत सामान्य बदली रहेका तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
महाशाखाका अनुसार सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले असोज ४ गते मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ जनाएकाे छ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी असोज ५ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकाे छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहने साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले आग्रह गरेकाे छ।
मकवानपुर । नेपाली चलचित्र ‘ऐना झ्यालकाे पुतली’ ओस्कार अवार्डकाे लागि सिफारिस भएकाे छ । मकवानपुरे निर्देशक सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सिफारिस गर्ने निर्णय गरेको हाे ।
विमल पौडेलको अध्यक्षतामा रहेकाे आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन सूचना प्रकाशित गरेकाे थियाे । नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विज्ञप्तिमा जनाइएको छ ।
ओस्कर अवार्ड आगामी १२ मार्चमा लस एञ्जल्सको डल्बी थिएटरमा हुनेछ । नेपालमा पौडेलको अध्यक्षतामा इन्टरनेसनल फिचर फिल्म छनोट समिति समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् । ऐेना झ्यालकाे पुतली गत भदाै २४ गतेबाट सिनेमा हलहरुमा प्रदर्शनमा आएकाे हाे ।
मकवानपुर । मकवानपुरको बकैयामा खाेलामा डुबेर एक जानकाे मृत्यु भएकाे छ । बकैयाकाे ल्वाजाेर खाेलामा डुबेर एक युवकको ज्यान गएको हाे।
सोमबार दिउँसो बकैया-४ बाममारामा रहेको ल्वाजोर खोलामा नुहाउन गएका तामाखोला बस्ने बिष्णु बहादुर खत्रीको भान्जा भरतपुर -१६ फुर्तिचोक बस्ने कृष्ण बहादुर थापाको छोरा १६ बर्षीय सचिन थापाकाे खोलाको डुबेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
आज सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । घाइते सचिनकाे प्रहरी चौकी हात्तिसुँडेकाे प्रहरी टोलीले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगिएकाे थियो । छतिवनमा उपचार पश्चात् थप उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा डाक्टरले दिउँसाे ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । थापाको शव अहिले चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र आसपासमा डेंग संक्रमित बढेपछि अस्पतालहरुमा बिरामीहरुको भीड बढेको छ ।
अस्पतालमा संक्रमितको दर बढेसँगै डेंगु परिक्षण किटको अभाव भएपछि हेटौंडा उपमहानगरपालिकाले आज किट उपलब्ध गराएको छ । हेटौडा उपमहानगरपालीकाले हेटौडा अस्पताललाई थप एक हजार थान डेंगु परीक्षण गर्ने किट सहयोग गरेको हो।
उपमहानगरका उपमेयर राजेश बानियाँले अस्पतालका मेडीकल सुपरीटेण्डेट डाक्टर रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेका हुन् । यस अघि पनि उपमहानगरपालीकाले हेटौडा अस्पताललाई एक हजार थान किट सहयोग गरेको थियो ।
अस्पतालमा दैनिक बिरामीको चाप बढेपछि दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म किटको अवश्यक पर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए ।
किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौडा अस्पतालबाट माग भै आए अनुसार आवश्यक पर्ने अन्य स्वस्थ्य सामग्री तथा डेंगु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालीका तयार रहेको बताए ।
उनले हेटौडाको सानका रुपमा रहेको हेटौडा अस्पतालमा पछिल्लो समय मकवानपुरवासीले उपचारमा सहज पाएको र सानातिना समस्याहरु बिस्तारै समाधान हुदै आएकोमा खुसी व्यक्त गरे ।
सबैको सहयोगमा अस्पताल सुधार हुने बताउदै अस्पतालमा आम नागरीकले सेवाबाट बन्चित हुनु नपर्ने उनले बताए । अहिले डेगु महामारीका रुपमा रहेकाले आम नागरीकलाई परिक्षण गराउन सहज होस् भनेर उपमहानगरपालिका लागि परेको उनले बताए ।
किट बुझदै अस्पतालका मेसु डा सापकोटाले हेटौडा अस्पताल पहिलेको भन्दा धेरै व्यवस्थित हुदै आएको बताए ।
“नयाँ भवनमा सरेपछि सेवालाई अझै प्रभावकारी बनाउन लागिपरेका छौं” सापकोटाले भने “सबैको सकारात्मक सहयोगले मात्रै हामी सफल हुने छौं ।” किट हस्तानतरणमा अस्पताल समिति सदस्य हिरा लामा, उपमहानगरपालीकाका बरिष्ठ जनस्वास्थ्य निरिक्षक,उपमेयर बानियाँका सचिबालय सदस्य बिजय पुडासैनीलगायतको सहभागीता रहेको थियो ।
मकवानपुर । संविधान जारी भएको दिनको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमको उपस्थिती हेर्दा यो कुनै एक मन्त्रालयको निजी कार्यक्रम जस्तो भान हुन्थ्यो ।
बागमती प्रदेश सरकारले हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसम्म -याली आयोजना गरी मुख्यमन्त्रीको कार्यालय परिसरमा विशेष कार्यक्रम ग-यो । कार्यक्रममा सहभागी थिए, मन्त्रालयका सिमित मन्त्रीहरु, मकवानपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गरेका सिमित सांसदहरु, केही सचिव र शाखा अधिकृत कर्मचारीहरु तथा सुरक्षाकर्मीहरु ।
संविधानले बोकेको मर्म अनुसार व्यवहारीक कार्यान्वयन भएको हुँदो हो त यो दिवसको रौनक नै बेग्लै हुने थियो । तर दिवसको दिन सरकारले आयोजना गर्ने कार्यक्रममा बाध्यकारी उपस्थिती मात्रै हुनुले यो संविधान आम नागरिकको लागि हैन रहेछ भन्ने भान भएको छ ।
कार्यक्रममा कुनै सर्वसाधारणको उपस्थिती नै देखिएन । संविधान जारी भएपछिको पहिलो दिवस मनाउँदा यही परिसर खचाखच भरिएको थियो । “साधारण जनताको लागि पनि केही त होला भन्ने आशा थियो, अब आशा बाँकी रहेन” स्थानीय ६५ वर्षीय भरतलाल श्रेष्ठले भने “संविधान के हो त्यसको फाइदा के छ टाठाबाठालाई नै होला, हामीलाई क्यै न क्यै ।” संविधान दिवस कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झै भएको उनले बताए ।
प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीको कार्यालय र केही मन्त्रालयमा सिमित कर्मचारीहरु मात्रै सहभागी थिए । उनीहरुलाई पनि कार्यक्रममा सहभागी हुन बाध्य भनिएकोले मात्रै सहभागी भएको बुझिएको छ ।
यसो त सर्वसाधारणहरु मात्रै हैन दलका नेताहरु पनि संविधान दिवसको रौनकता नहुनु स्वभाविका मान्न थालेका छन् । “सातौ संविधान दिवस मनाउँने संघारमा आइपुग्दा पनि संविधानको मर्म पालन नभएको, व्यवहारीक कार्यान्वन नभएको गुनासो गर्नु परेपछि यो पर्व कसरी उल्लाषमय बन्न बन्छ रु” एक जना प्रदेश सभा सदस्यले भने “आफैं सरकारमा हुँदा हामीले यस्तो भन्न नमिल्ला तर, संविधान दिवसको औचित्य नै छैन ।”
प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नै संवैधानिक अधिकार व्यवस्थित नभएको गुनासो गरे । कानुन त बन्नै बाँकी छ, संविधानमा उल्लेख भएको कुरा समेत पाईएन” पाण्डेले भने । संविधानको कार्यान्वयन गर्न संघीय सरकार बाधक बनेको उनको गुनासो छ ।
संविधानले संरक्षित क्षेत्र, बिषेश क्षेत्र जस्ता विभिन्न बाटाहरु बनाएर सबै जनताको न्याय र समावेशी सहभागीता परिकल्पना गरेको तर जनताले यस्तो आभाष गर्न नपाएको मुख्यमन्त्री पाण्डेले बताए ।
कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता तथा तथा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले संविधानको समिक्षा गरेर अघि बढ्नेपर्ने आवश्यकता औल्याए ।
“संविधान दिवसको सन्दर्भमा नेताहरूले बक्तब्य व्यक्त गर्ने, बन्दीलाई रिहा गर्ने र केहि थान सम्मान दिएर मात्रै संविधानको मर्म पुरा हुन्छर ?” शर्माले प्रश्न गरे । संविधानको रक्षक गर्छौ भन्ने राजनीति दल नै अधिकार केन्द्रितकरण गरेको उनको गुनासो थियो ।
