मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र आसपासमा डेंग संक्रमित बढेपछि अस्पतालहरुमा बिरामीहरुको भीड बढेको छ ।
अस्पतालमा संक्रमितको दर बढेसँगै डेंगु परिक्षण किटको अभाव भएपछि हेटौंडा उपमहानगरपालिकाले आज किट उपलब्ध गराएको छ । हेटौडा उपमहानगरपालीकाले हेटौडा अस्पताललाई थप एक हजार थान डेंगु परीक्षण गर्ने किट सहयोग गरेको हो।
उपमहानगरका उपमेयर राजेश बानियाँले अस्पतालका मेडीकल सुपरीटेण्डेट डाक्टर रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेका हुन् । यस अघि पनि उपमहानगरपालीकाले हेटौडा अस्पताललाई एक हजार थान किट सहयोग गरेको थियो ।
अस्पतालमा दैनिक बिरामीको चाप बढेपछि दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म किटको अवश्यक पर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए ।
किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौडा अस्पतालबाट माग भै आए अनुसार आवश्यक पर्ने अन्य स्वस्थ्य सामग्री तथा डेंगु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालीका तयार रहेको बताए ।
उनले हेटौडाको सानका रुपमा रहेको हेटौडा अस्पतालमा पछिल्लो समय मकवानपुरवासीले उपचारमा सहज पाएको र सानातिना समस्याहरु बिस्तारै समाधान हुदै आएकोमा खुसी व्यक्त गरे ।
सबैको सहयोगमा अस्पताल सुधार हुने बताउदै अस्पतालमा आम नागरीकले सेवाबाट बन्चित हुनु नपर्ने उनले बताए । अहिले डेगु महामारीका रुपमा रहेकाले आम नागरीकलाई परिक्षण गराउन सहज होस् भनेर उपमहानगरपालिका लागि परेको उनले बताए ।
किट बुझदै अस्पतालका मेसु डा सापकोटाले हेटौडा अस्पताल पहिलेको भन्दा धेरै व्यवस्थित हुदै आएको बताए ।
“नयाँ भवनमा सरेपछि सेवालाई अझै प्रभावकारी बनाउन लागिपरेका छौं” सापकोटाले भने “सबैको सकारात्मक सहयोगले मात्रै हामी सफल हुने छौं ।” किट हस्तानतरणमा अस्पताल समिति सदस्य हिरा लामा, उपमहानगरपालीकाका बरिष्ठ जनस्वास्थ्य निरिक्षक,उपमेयर बानियाँका सचिबालय सदस्य बिजय पुडासैनीलगायतको सहभागीता रहेको थियो ।

