मकवानपुर । बागमती प्रदेश अन्तरगत रसुवा जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सबैको नतिजा सार्वजनिक भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एक मात्र क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यको लागि माेहन आचार्य बिजयी भएका हुन् । नेपाली कांग्रेसका आचार्यले १८ हजार २३५ मत सहित जित निकालेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छाेवाङ तामाङले ८ हजार ६१४ मत प्राप्त गएका थिए ।
प्रदेश सभातर्फ रसुवा १ बाट नेपाली कांग्रेसका प्रभात तामाङ बिजयी भएका छन् । उनले ८ हजार १८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी कुल प्रसाद भट्टले जम्मा ४ हजार ७७२ मत प्राप्त गरे । भट्ट नेकपा एमालेका उम्मेदवार थिए ।

यसैगरी रसुवाबाट प्रदेश २ को लागि इन्द्र गौतम ८ हजार ५३३ मत विजयी भएका छन् । माओवादीका उनका निकटतम प्रतिस्पर्धी एमालेका तेम्ब्रेल तामाङले ४ हजार ८४४ मत प्राप्त गरे ।

यहाँ अब समानुपातिक तर्फको मत गन्न बाँकी रहेको रसुवा जिल्लाबाट पत्रकार हेमनाथ खतिवडाले जानकारी दिए ।
मकवानपुर । जारी मतगणनामा मकवानपुर २ प्रदेश सभा १ मा कुमारी मोक्तानले अग्रता बढाएकी छिन् ।
कुल २९ हजार १० मतगणना हुंदा गठबन्धनकि उम्मेदवार माओवादीकि मोक्तानले १३ हजार ३० मत प्राप्त गरेकी छन्की
नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालले भने १२ हजार ५ सय ४० मत प्राप्त गरेका छन् । हिजो सम्म ढकाल अघि थिए भने आज भने मोक्तान अग्रता बढाएकी हुन् । मतगणना जारी छ ।
राप्रपाका रामकुमार घले १ हजार ८०२ मतसहित तेस्रो स्थानमा छन् ।
मकवानपुर । मकवानपुर जिल्लाको २ वटा प्रतिनिधि सभा क्षेत्रमा एमाले र सत्ता गठबन्धनले एक एक क्षेत्रमा अग्रता लिएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्, भने मकवानपुर २ मा एमालेमा उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता काम राखेका छन् ।
पछिल्लो अपडेट अनुसार क्षेत्र १ मा भएको ३१ हजार ९४६ मतगणना हुंदा डिनाले मतान्तर बढाउँदै लगेकी छिन् । उनले ११ हजार ९३५ मत पाएकी छिन् । त्यस्तै यो क्षत्रमा एमालेका उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ९ हजार ४७१ मत पाएका छन् ।
यता मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै बर्तौलाले अग्रता लिएका हुन ।
बर्तौलाले १ हजार ७५१ मतले गठवन्धनका उम्मेदवार बिरोध खतिवडालाई पछि पारेका छन् । मकवानपुर–२ मा कुल ३६ हजार ५ सय ७४ मत गणना हुँदा महेश बर्तौलाले १४ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सत्ता गठवन्धनका उम्मेदवार बिरोध खतिवडाले भने १३ हजार १ सय ४७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना जारी छ ।
मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मकवानपुर १ मा सक्ता गठबन्धनको उम्मेदवार नेपाली कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।
यो क्षेत्रमा कुल १९ हजार १९४ गन्दा डिनाले ८ हजार १६० मत सहित अग्रता कायम राखेकी हुन् ।
डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछ्याउँदै आएका छन् । थापाले डिनालाई ५ हजार ८६५ मत सहित पछ्याउँदै आएका छन् ।
यहाँ राप्रपाका दिपक बहादुर सिंहले ३ हजार १२७ मत पाएका छन् ।
यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार १५५ रहेकोमा ९१ हजार ५८३ अर्थात् ६० प्रतिशत मत खसेको मतको थियो । यो क्षेत्रमा अब ७२ हजार ३८९ अर्थात् ८० प्रतिशत मत गन्न बाकी छ ।
मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौलाले आफ्नो अग्रता कायमै राखेका छन् ।
यसक्षत्रको २० हजार ४३४ मत गणना हुँदा महेश बर्तौलाको अग्रता कायमै राखेका हुन् । सत्ता गठवन्धनका उम्मेदवार बिरोध खतिवडाले उनलाई पछ्याउँदै छन् ।
एमालेका बर्तौलाले ८ हजार १२१ मत प्राप्त गर्दा एकिृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ७ हजार ८६५ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार ५७८ रहेकोमा ८६ हजार ६५२ अर्थात् ५८ प्रतिशत मत खसेको मतको थियो । यो क्षेत्रमा अब ६८ हजार ३६७ अर्थात् ७९ प्रतिशत मत गन्न बाँकी छ ।
