मकवानपुर । मकवानपुर जिल्लाको २ वटा प्रतिनिधि सभा क्षेत्रमा एमाले र सत्ता गठबन्धनले एक एक क्षेत्रमा अग्रता लिएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्, भने मकवानपुर २ मा एमालेमा उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता काम राखेका छन् ।
पछिल्लो अपडेट अनुसार क्षेत्र १ मा भएको ३१ हजार ९४६ मतगणना हुंदा डिनाले मतान्तर बढाउँदै लगेकी छिन् । उनले ११ हजार ९३५ मत पाएकी छिन् । त्यस्तै यो क्षत्रमा एमालेका उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ९ हजार ४७१ मत पाएका छन् ।
यता मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै बर्तौलाले अग्रता लिएका हुन ।
बर्तौलाले १ हजार ७५१ मतले गठवन्धनका उम्मेदवार बिरोध खतिवडालाई पछि पारेका छन् । मकवानपुर–२ मा कुल ३६ हजार ५ सय ७४ मत गणना हुँदा महेश बर्तौलाले १४ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सत्ता गठवन्धनका उम्मेदवार बिरोध खतिवडाले भने १३ हजार १ सय ४७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना जारी छ ।

