मकवानपुर । बागमती प्रदेश अन्तरगत रसुवा जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सबैको नतिजा सार्वजनिक भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एक मात्र क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यको लागि माेहन आचार्य बिजयी भएका हुन् । नेपाली कांग्रेसका आचार्यले १८ हजार २३५ मत सहित जित निकालेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छाेवाङ तामाङले ८ हजार ६१४ मत प्राप्त गएका थिए ।
प्रदेश सभातर्फ रसुवा १ बाट नेपाली कांग्रेसका प्रभात तामाङ बिजयी भएका छन् । उनले ८ हजार १८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी कुल प्रसाद भट्टले जम्मा ४ हजार ७७२ मत प्राप्त गरे । भट्ट नेकपा एमालेका उम्मेदवार थिए ।

यसैगरी रसुवाबाट प्रदेश २ को लागि इन्द्र गौतम ८ हजार ५३३ मत विजयी भएका छन् । माओवादीका उनका निकटतम प्रतिस्पर्धी एमालेका तेम्ब्रेल तामाङले ४ हजार ८४४ मत प्राप्त गरे ।

यहाँ अब समानुपातिक तर्फको मत गन्न बाँकी रहेको रसुवा जिल्लाबाट पत्रकार हेमनाथ खतिवडाले जानकारी दिए ।

