- प्रधानमन्त्रीलाई सामूहिक ध्यानाकर्षण पत्र
मकवानपुर । यसियन हाईवेको मापदण्ड अनुसार राजमार्ग व्यवस्थापन गर्न मकवानपुरका राजनैतिक दलहरू एकमत हुँदै प्रधानमन्त्रीलाई भेटेका छन् ।
जिल्लामा राजनीतिक दलहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजमार्ग व्यवस्थापनको माग गरेका हुन् । मकवानपुरका सांसदसहितको टोलीद्वारा हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराइएको हो ।
सडक विस्तार गर्ने सरकारको कामलाई कसैले बाधा, अबरोध नगर्ने तर, सडक विस्तारकै कारण हेटौंडाको एचआइडी, मेनरोड, रापतीरोडका घरधनी र व्यावसायीहरु सुकुम्वासी हुने भएकाले मुआव्जा दिएर मात्र भत्काउनका लागि माग गरेका हुन् ।
मंगलबार बिहान मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँका घरधनी र व्यावसायीहरुलाई उचित क्षेतिपूर्ति र मुआव्जा दिएरु मात्र सडक विस्तार गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
हेटौंडाको रातोमाटे देखि रापती पुल सम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआव्जा दिनुपर्ने उनीहरुले माग राखेका हुन् । प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरुको टोलिले पहिले यहाँका घरहरुको लगत संकलन गर्नुपर्ने र त्यसपछी मुआव्जा दिएर भत्काउनका लागि ध्यानाकर्षण गराएका हुन् ।
संघिय संसदमा मकवानपुरबाट प्रतिनिधित्व चार सांसदहरू महेश कुमार बर्तौला, दिपकबहादुर सिंह, विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, पूर्व सांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवाल लगायतकाको टोलिले आज बिहान प्रधानमन्त्रीलाई भेट गरेको हो ।
पछिल्लो पटक संघीय सरकार अन्तरगतको डिभिजन सडक कार्यालय हेटौंडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रकाे सिमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन समय सिमा दिएकोमा सर्वोच्चको कारण काम रोकिएको छ । साउन १६ गतेबाट राजमार्ग व्यवस्थापनको काम हुनुपर्नेमा सर्वोच्चमा स्थानीयले रिट हालेपछि तत्काललाई काम रोकिएको थियो । तोकिएको पेशिमा सर्वोच्चले हेर्न नमिल्ने सूचिमा राखेपछि यो बिषय अलमलमा छ ।
मकवानपुर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकोले हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राती देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । हेटौडाकाे एक निजी विद्यालयले संयुक्त राष्ट्रसंघकाे नमूना सभा गर्ने भएकाे छ । हेटौडा ४ मा रहेकाे नवोदय शिशु सदनले नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना हुने भएको हाे ।
आउँदाे भदौ १४ गतेदेखि १६ गतेसम्म हेटौंडामा नमूना संयुक्त राष्ट्रसंघीय सभाको आयोजना गरिने विद्यालयले सोमबार पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्या समाधानकाे वृहत विश्लेषणसहितको नमूना सभाको आयोजना गरिने छ । विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले कार्यक्रमको आयोजना गर्न लागेको नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले बताए ।
नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रमलाई संचालन गरिने बताइएको छ ।
संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइने जनाइएको खनालले जानकारी दिए । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्ने भएका छन् ।
क्लव हेटौंडा पार्टी प्यालेस हेटौडामा हुने नमूना संयुक्त राष्ट्रसंघीय सभामा करिब १ सय ६० जना विद्यार्थीको सहभागिता रहने अनुमान आयोजकले गरेकाे छ । नमूना सभमा मकवानपुरका ३ तथा जिल्ला बाहिरका ३ विद्यालयले सहभागिता जनाउने छन् । मकवानपुर हेटौडाका नवोदय शिशु सदनसहित मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, चितवन जिल्लाको अर्किड स्कूल, नवलपरासीको गैंडाकोट स्कूल, बुटवलको एपेक्स स्कूलका विद्यार्थीले पनि सहभागिता जनाउने छन् ।
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले मातृभूमि राष्ट्रिय सम्मान २०८० वरिष्ठ संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङ्गलाई प्रदान गर्ने भएको छ ।
मातृभूमिले आफ्नै अक्षयकोषबाट स्थापना गरेको उक्त सम्मानको राशि नगद २५ हजार १ रुपियाँ रहेको छ । नेपाल र नेपालीलाई चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघसंस्था लाई प्रत्येक २ दुई वर्षमा प्रदान गरिने मातृभूमि राष्ट्रिय सम्मान २०८० गुरुङ्गलाई समर्पण गर्ने निर्णय गरिएको अध्यक्ष माधव पोख्रेलले जानकारी दिए ।
यसैगरी मातृभूमि लघुकथारत्न सम्मान २०७९, वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेद्वारा लिखित पुस्तक लघुकथालय लाई समर्पण गरिने पोख्रेलले बताए । मातृभूमि कार्य समिति सदस्य किशन पौडेलद्वारा स्थापित उक्त सम्मान ११ हजार १ सय ११ रुपियाँ राशिको रहेको छ ।
मातृभूमिको स्थापना दिवस आगामी असोज ६ गते शनिबार हेटौंडामा बिबिध साहित्य कार्यक्रमको आयोजना गरि मातृभूमिले उक्त पुरस्कार तथा सम्मान समर्पण गर्ने भएको छ । सोही अबसरमा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य “महाकाश” को पनि विमोचन गरिने छ ।
पोख्रेलका अनुसार मातृभूमि स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा २०८० साललाई रजत जयन्ती वर्ष मनाउने भएको छ । “मातृभूमिको अभियान- साहित्य, संगीत, संस्कृति, कलाको सम्मान” भन्ने उदेश्यले २०५६ साल असोज ६ गते स्थापना भएको मातृभूमि साहित्य समाज मकवानपुरले भाषा र साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिदै आएको छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगद चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधाप स्थित सुशिला साउदको घरबाट नगद तिस हजार, सुनको सिक्री डेढ तोलाको १ थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्र २ आनाको १ जोडी र घडी १ थान समेत गरी जम्मा मल्य पाच लाख बत्तिस हजार बराबरको सुनको गरगहना, घडी समेत चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त आरोपमा वर्ष २८ को भिमलाल लामा, २८ बर्षीय प्रदिप तामाङ, २९ बर्षीय आकाश तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ निवासी हुन् । चोरी भएको सुनका गहनाहरु खरिद गर्ने सोही स्थानीय तहको वडा नं. ६ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रितु सुन पसल संचालन गरी गरि बस्ने ३१ बर्षीय राजेन्द्र रसाईलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूले माथि अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
