विद्यालय स्तरीय टि– २० क्रिकेट प्रतियोगिता हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा विद्यालयस्तरीय टि २० क्रिकेट प्रतियाेगिता हुने भएकाे छ । आगामी माघ २० गतेबाट दोस्रो निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता २०८० आयोजना हुने भएको हाे ।
मकवानपुर क्रिकेट संघकाे आयाेजनामा हुने प्रतियाेगितामा जिल्लाका निजी तथा सामूदायिक गरी १६ विद्यालयकाे सहभागी गराइने साेमबार हेटौडा पत्रकार भेटघाट गरी जानकारी गराइएकाे छ । ११ दिनसम्म चल्ने प्रतियोगितामा २७ वटा खेलहरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियाेगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयाेजक संजाेक पाेख्रेलले बताए । उनका अनुसार प्रतियाेगिताकाे उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द सिरिज लाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ट्रफि र प्रमाण पत्र प्रदान गरिने ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई छनौट गरी अण्डर १६ जिल्ला टिम निर्माण गरी प्रशिक्षण गराउने संघ अध्यक्ष करण महत्राले जानकारी दिए । लिग कम नकआउटको आधारमा संचालन हुने प्रतियोगिताकाे अनुमानित लागत ५ लाख ५० हजार रहेकाे उनले बताए । प्रतियोगिताकाे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय अम्पायर सुनिल बर्तौला, संघ अध्यक्ष महत्रा, सचिव बिनोद बानिंया, कोषाध्यक्ष धिरज श्रेष्ठ, कार्यक्रम संयोजक पोखरेललगायतको उपस्थिति रहेको थियो ।
यसअघि भएको प्रथम संस्करणको खेलमा विजेता हेटौडाकाे भुटनदेवी मावि र उप विजेता सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी भएको थियो ।
कर छली गर्ने ८ वटा ट्रक नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडाबाट ढुवानी कर छली गर्ने ८ वटा ट्रकलाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट माघ ५ गते राती ७ वटा र माघ ६ गते बिहान १ वटा ढुवानी कर छली गरी मल बाेकेकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हटौडा १५ स्थित पूर्वपश्चिम सडक खण्डमा बिरगंज तर्फबाट भैरहवा तर्फ जादै गरेका ना.६ ख.५२०४, बा.प्र.०३-००१ख.०९५२, ना.६ ख.३७३०, प्र.२-०३-००१ ख.६९७७, लु.१ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३-००१ ख.०९५४ नम्बरकाे ट्रकलाई माघ ५ गते नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । यस्तै प्रहरीका अनुसार ना.६ ख ९७८६ नम्बरको ट्रकलाई माघ ६ गते बिहान हेटौडा १५ राताेमाटेबाटै नियन्त्रणमा लिइएकाे हाे ।
ट्रकहरुमा ढुवानी कर छली मल ल्याउदै छ भन्ने सूचनाका आधारमा प्रहरी चौकी राेतोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकहरुलाई ३ हजार ६८० बोरा मलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । नियन्त्रणमा लिइएकाे ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएकाे मकवानपुर प्रहरीले जानाकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका २ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
भीमफेदी गाउँपालिकाकाे १ जना जन्मजात पूर्ण शारीरिक अपाङ्गता भएका र १ जना मानसिक अपाङ्गता भएकालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्त गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका बिर्खबहादुर थिङको २० वर्षीया छोरी सुनिता थिङ र १६ वर्षीय छोरा सुरेन्द्र थिङ रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायव सुब्बा सहदेब आचार्य र अस्विनी कुमार अर्यालको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
थिङ दिदीभाइलाई बस्न र खाना खानको लागि समेत अरुको सहारा चाहिने र हिँडडुल गर्न नसक्ने भएकाेले बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान पहल तथा गाउँपालिकाले प्रशासन कार्यालयसँग समन्वय गरी नागरिकता घरमै हस्तान्तरण गरिएकाे भीमफेदी ३ नम्बर वडा अध्यक्ष प्रितिलाल लामाले बताए ।
आर्थिक अवस्था कमजोर रहेका दुर्खा बहादुरले छोरा छोरीको नागरिकता बनेपछि खुशी ब्यक्त गरे । ‘आर्थिक नहुँदा लालनपालनमा समस्या छ, नागरिकता बनेपछि भने अपाङ्ग भक्ता पाउने आशा गरेको छु’, दुर्खा बहादुर भने, ‘सरकारबाट केही रकम सहयाेग भए धेरै सजिलो हुनेथियो ।’
मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार हेटौँडा आउँने भएपछी यसकाे सबै तयारी पुरा भएकाे राप्रपा मकवानपुरले जनाएकाे छ।
मकवानपुरमा रहेकाे विभिन्न शक्तिपिठहरुकाे दर्शनकाे क्रममा उनी हेटाैंडा आउन लागेकाे राप्रपाले जनाएकाे छ । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा ज्ञानेन्द्र हेटौँडा आउन लागेका हुन्।
उनको भ्रमण सफल पार्न मकवानपुर क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजनमा १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति बनाइएको छ। साथै १० वटा उपसमिति गठन गरिएको सांसद सिंहले जानकारी दिए।
यता, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि छुट्टै तयारी गरिएको बताएको छ। हेटौँडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजाआराधना र शुभेच्छुकसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका पूर्वराजा शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।
पार्टी जिल्ला समितिको शनिबार बसेको बैठकले तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको उनले बताए। ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौँ’, जिल्ला अध्यक्ष सापकोटाले भने।
पूर्वराजा शाहलाई दिउँसो १२ बजे हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, दिउँसो १२:३० मा हेटौँडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआरधाना, २ः३० मा हेटौँडा–१० स्थित भुटनदेवी मन्दिरमा पूजाआरधानासहित शुभेच्छुकसँग भेटघाट हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार ४ः३० मा हेटौँडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गरी आजै हेटौँडाबाट फर्कने कार्यतालिका रहेको छ ।
मकवानपुर । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताएका छन् । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको शनिबार भएकाे नवौँ साधारण सभामा उनले उक्त कुरा बताएका हुन् ।
साधारण सभामा उनले भने ‘राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भएकाेले गुणस्तीरय बीउ आवश्यक भएको हाे ।’ आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको उनले बताए । यस्तै नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिए बताए । मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनमा समस्या आउने गरेकाे उनकाे भनाइ रहेकाे थियाे ।
यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आर्थिक मन्दीले देशको सबै क्षेत्र प्रभावित भएको बताउँदै कृषियोग्य जग्गा प्लटिङ र युवा विदेसिने क्रम बढ्दै गएकोले कृषि उत्पादन प्रभावित भएको जानकारी दिए । अग्रवालले बीउबिजन व्यवसायीको समस्या समाधानमा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताए ।
साधारण सभाका गुणस्तरीय बीउको अभावमा बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा भएको साधारण सभामा नेपाल बीउ व्यवसायी संघ बागमती उपाध्यक्ष हरिशरण अर्याल, नेपाल विषादी व्यवसायी संघ चितवनका अमोदराज कंडेल, बीउबिजन व्यवसायी सुदर्शन विष्टलगायतले आथित्यता रहेकाे थियाे ।
