माननीय मुख्यमन्त्री ज्यू
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा
ध्यानाकर्षण सम्बन्धमा
बागमति प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको र सरकार कार्यक्रम कार्यान्वयनकाे लागि बजेटको तयारिमा लागिरहदा सरकारले सबै वर्ग समुदायको उत्थानको लागि कार्यक्रम र बजेट ल्याउला भन्ने हाम्रो विश्वास रहेको छ ।
तर बागमती प्रदेश सरकारले भखरै सार्वजनिक गरेको नीति कार्यक्रम र सरकारको बजेटीङको तयारी देख्दा हामी सरकारसंग विश्वत हुन सकिरहेका छैनौ । केहि समय अघिदेखि नै बागमती प्रदेश सरकार अपाङ्गता समुदायप्रति निर्मम बन्दै गइरहेको तितो यथार्थ र तथ्य हामीमाझ छर्लङ्ग छ ।
प्रदेश निजामती ऐनमा अपाङ्गता भएका व्यत्तिहरुलाई दिइदै आएको आरक्ष घटाउने हालसम्म पनि अपाङ्गता सम्बन्धी नीति र कुनै कानुन निर्माण गरेकाे छैन । बेसाहारा र अनाथ अपाङ्गता भएका व्यत्तिहरुको पुनर्स्थापनाको लागि निर्माण गरिएको पुनर्स्थापन ग्रृह सरकारले नै कब्जा गरेर दादागरि देखाउनाले यो सरकार अपाङ्गता समुदाय प्रति गम्भिर छैन भन्ने हाम्रो ठम्याई रहन गएको छ । अब पनि सरकारले यसैगरी हेपाहा प्रवृत्ति देखाइ रहेमा हामी बागमती प्रदेशका अपाङ्गता भएका व्यत्तिहरु आन्दोलन गर्न बाध्य हुनेछौं ।
स्मरण रहोस् ठिक एकसाल अघि सुदुर पश्चिम सरकारले बजेट र कार्यक्रममा अपाङ्गता समुदायलाई उपेक्षा गर्दा यस प्रदेशका अपाङ्गता भएका व्यत्तिहरुले सरकार विरुद्ध गरेको आन्दोलनबाट सरकारलाई के कति नाफा घाटा भयो ? कतिको मुल्य चुकाउनु पर्यो भन्ने कुरा समकक्षीसंग बुझ्नु होला । यस प्रदेशमा त्यस किसिमको वातावरण सिर्जना हुन नदिनु होला ।
यदी आन्दोलनमा हाेमिनु पर्यो भने त्यो आन्दोलन सरकारलाइ निकै महंगो सावित हुनेछ ।
अश्बिन लम्साल अपाङ्गता अधिकारकर्मी
मकवानपुर । मकवानपुरमा रुखकाे हाँगाले लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान आएको हावाहुरीका कारण रुखकाे हाँगाले लागेर मकवानपुरकाे मनहरी गाउँपालिका-२ स्थित ट्याङ्की दमारका राम बहादुर गोलेकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार २२ वर्षीय गोले आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा आएको हावाहुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा घटनास्थलमै उनकाे मृत्यु भएको हो।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा ३ वटा पक्की पुल निर्माण सम्पन्न भएकाे छ । आईतबारकाे गाउँकार्यपालिका बैठकले निर्माण सम्पन्न पुलको उद्घाटन जेठ २६ गते गर्ने निर्णय गरेकाे छ ।
कार्यपालिकाले उद्घाटन गर्ने निर्णय गरेसँगै मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले पुलकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतकाे ३३ करोड ४० लाख ६५ हजार लागतमा ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । गाउँपालिकाकाे वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का मार्फत निर्माण थालिएकाे थियाे ।
हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुलकाे जेठ २६ गते उद्घाटन गरिने अध्यक्ष कालाखेतीले जानकारी दिए ।
यसैगरी हाँडिखोला र ठाडो खोलामा निर्माणाधिन दुईवटा पुल २०८१ मंसिर महिनासम्म सम्पन्न भइसक्ने उनले बताए । उनका अनुसार ठाडोखोला पुलकाे निर्माण ८५ प्रतिशत र हाँडिखोला पुलकाे निर्माण ६३ प्रतिशत भएकाे छ ।
मकवानपुर । नेकपा (एमाले) मकवानपुरले श्रीधर पाेखरेलकाे नेतृत्व पाएकाे छ । पार्टीको १२ औँ जिल्ला अधिवेशनमा पाेखरेलले झण्डै ४१ प्रतिशत प्रतिनिधिकाे मत पाएका हुन् ।
पाेखरेलले कुल कुल ७६५ मतमध्ये ३१३ मत पाएका थिए । उनका निकटतम प्रतिष्पर्धि इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरे ।

पार्टी जिल्ला उपाध्यक्षका लागि हिदम लामालाई मत प्राप्त भएकाे छ । लामाले कुल मतकाे ४७६ मत पाएका थिए । लामाका निकटतम प्रतिष्पर्धि सुनिल माेक्तानले १९७ मत पाएका थिए ।
यसैगरी सचिवमा सिता बिष्ट विजयी भएकी छिन् । २९७ मत सहित बिष्ट विजयी हुँदा निकटतम प्रतिष्पर्धि मदन दाहाललाई २५५ मत प्राप्त भएकाे थियाे ।
यसैगरी उप सचिवमा फुर्वा दाेर्जे लामा र आरती पाठक विजयी भएका छन् । लामा र पाठकले समान मत २४१ मत पाएका थिए । उनीहरुका निकटतम निकटतम प्रतिष्पर्धिहरु क्रमश दिपक खड्काले १६७ र कल्पना बलामीले १५६ मत पाएका थिए ।
पदाधिकारीहरुकाे अन्तिम मत परिणाम सर्वजनिकपछि अब सदस्यहरुकाे मतगणना गरिने छ । हिजाे सम्पन्न निर्वाचनपछि आज बिहान पाैने १० बजेबाट मत गणना सुरु गरिएकाे थियाे ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनमा हिजाे आइतबार मतदान सकिएपछि आज साेमबार मतगणना सुरु गरिने भएकाे छ ।
विहान ८:३० बजेबाट हेटाैडाकाे पशुपति सभाहलमा मत गणना गर्ने तयारी पुरा भएकाे छ । एमाले मकवानपुरको पदाधिकारी तथा सदस्यहरुको मतगणना आज नै सक्ने गरी तयारी थालिएकाे बताइएकाे छ । पार्टी जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको प्रतिस्पर्धामा छन् ।
अधिवेशनकाे लागी चुनिएका कुल ७७७ प्रतिनिधि मध्ये ७६५ मत खसेको थियाे । मतपरिणाम अनुसार आज १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनाेनित गर्ने छ । मकवानपुर जिल्लामा ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरु छन् ।