मकवानपुर । नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनमा हिजाे आइतबार मतदान सकिएपछि आज साेमबार मतगणना सुरु गरिने भएकाे छ ।
विहान ८:३० बजेबाट हेटाैडाकाे पशुपति सभाहलमा मत गणना गर्ने तयारी पुरा भएकाे छ । एमाले मकवानपुरको पदाधिकारी तथा सदस्यहरुको मतगणना आज नै सक्ने गरी तयारी थालिएकाे बताइएकाे छ । पार्टी जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको प्रतिस्पर्धामा छन् ।
अधिवेशनकाे लागी चुनिएका कुल ७७७ प्रतिनिधि मध्ये ७६५ मत खसेको थियाे । मतपरिणाम अनुसार आज १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनाेनित गर्ने छ । मकवानपुर जिल्लामा ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरु छन् ।

