मकवानपुर । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको १२ औ जिल्ला अधिवेसनबाट नेतृत्वमा आउन चाहनेहरु बीच सर्वसम्मतिको प्रयास जारी छ । उम्मेदवारी दर्ता गराएका केही पदाधिकारीहरुले आफूहरुको उम्मेदवारी फिर्ता लिएका छन् ।
१ अध्यक्षको लागि यस अघि ५ जनाको उम्मेदवारी दर्ता भएकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङ्तान र रघुनाथ खुलालले अध्यक्षको लागि उम्मेदवारी दर्ता गराइका थिए । खुलालले अध्यक्षबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यता मकवानपुरगढीबाट जिल्ला कमिटि चयन हुने ७ वटै पदमा सर्वसम्मत चयन भएको छ । जसमा भुगोलबाट सदस्य पदमा विदुर हुमगाई, मेम्वर लो, रामजी सापकोटा, खिल प्रसाद चौलागाई, भुगोलबाट सदस्य महिला तर्फ शारदा तिमल्सिना, चिनिमाया लुङ्वा र युवा तर्फ सन्तु पाख्रिन थिङ्ग निविरोध चयन भएका हुन् ।
मकवानपुर जिल्लामा ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि ७७७ जना प्रतिनिधि छनाैट भएका छन् । जसले पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । जिल्लाका १० वटै स्थानीय तहहरु र विभिन्न पेशागत संगठन/ क्लस्टरहरुबाट प्रतिनिधि छनाैट भएर आएका छन् । २ दिनसम्म चल्ने भनिएकाे अधिवेशन समय लम्बिदाे छ । आज तेस्राे दिन नेतृत्व चयनकाे लागि मतदान हुने कार्यतालिका छ ।
उम्मेदवारी दर्ता भएकाहरुकाे अन्तिम लामावली यस्ताे छ:


